एकता सहकारीको २५औं साधारण सभा सम्पन्न, १ अर्ब ७६ करोडको कारोबार
बागलुङ : एकता सहकारी संस्था लिमिटेड बानपा-२, बागलुङको पच्चिसौ वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन बागलुङ नगरपालिकाका प्रमुख बसन्त कुमार श्रेष्ठले गरेका थिए । सो अवसरमा बोल्दै श्रेष्ठले सहकारीलाई सदस्यहरुको आर्थिक सामाजिक रुपान्तरणमा सक्रिय बनाउनका लागि नीति नियमको पूर्ण पालना गर्दै अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए ।
सहकारी क्षेत्रमा पछिल्लो समय देखिएका केही नकरात्मक घटनाहरुले सबै सहकारीहरु उस्तै हुन् भन्ने खालको अवस्था सिर्जना भएको भन्दै नगरप्रमुख श्रेष्ठले सहकारीका असल अभ्यास र क्रियाकलापहरु आम जनताका बीचमा लैजान आव्हान गरे । ‘सबै सहकारीहरु एउटै वा उस्तै होइनन् । धेरै सहकारीले सदस्यहरु लगायत समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेलेका छन् । केही सहकारीको गलत कार्यका कारण सबैलाई एउटै डालोमा हालेर नबुझौं’, प्रमुख श्रेष्ठले भने ।
कार्यक्रममा संस्थाका संरक्षकहरु देव बहादुर श्रेष्ठ र पद्मचन्द्र राजभण्डारी, पूर्व अध्यक्ष कृष्ण शंकर श्रेष्ठ, कानुनी सल्लाहकार काजीगाउँले श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
संस्थाका अध्यक्ष ध्रुव प्रसाद शर्माको अध्यक्षता, उपाध्यक्ष युवराज राजभण्डारीको स्वागत र सहसचिव सुनिता पुरीको सञ्चालनमा सम्पन्न कार्यक्रममा सचिव महेन्द्र कंडेलको प्रगति प्रतिवेदन, कोषाध्यक्ष पवनलाल राजभण्डारीको आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक एक बहादुर केसीले प्रस्तुत गरेको लेखा प्रतिवेदन पारित भएको छ ।
१६ सय ३४ जना शेयर सदस्य रहेको एकता सहकारीमा गत आर्थिक वर्षसम्म ९ करोड ५६ लाख शेयर रकम, २७ करोड १५ लाख बचत, ३३ करोड ऋण लगानी रहेको प्रवन्धक दिपकजंग राजभण्डारीले जानकारी दिए । संस्थाको सेयर पुँजी ९ करोड ५६ लाख रहेको छ । संस्थाको कोषमा ४ करोड ४ लाख रुपैयाँ रहेको छ । संस्थामा १६३४ जना सेयर सदस्य रहेको छन् । आ.व. २०७९/८० मा संस्थाले १ अर्ब ७६ करोड १ लाख रुपैयाँको कारोबार गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
