२२ कात्तिक २०८३, आईतवार

१५.५ प्रतिशत लाभांश बाँड्दै तरकारी फलफूल सहकारी

२०८० पुष १४, शनिवार
१५.५ प्रतिशत लाभांश बाँड्दै तरकारी फलफूल सहकारी

काठमाडौं : तरकारी फलफूल बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई १५.५ प्रतिशत लाभांश बाँड्ने भएको छ । शनिबार सम्पन्न संस्थाको २४औं साधारण सभाले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट उक्त लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गरेको संस्थाका सचिव हरिकृष्ण थेकेले जानकारी दिए।

२०५६ साल माघ २१ गते ३० जना सदस्यहरूले ३१ हजार ९ सय सेयरपुँजी जम्मा गरी सुरु भएको सहकारीमा हाल २४ सयभन्दा बढी सेयर सदस्य रहेका छन्।

आर्थिक वर्ष २०७९/०८० मा सेयर पुँजी ६ करोड ९५ लाख ५ हजार ३ सय रुपैयाँ पुगेको छ। त्यस्तै बचत रकम ४४ करोड ६५ लाख लाख ३२ हजार ३ सय ३४ रुपैयाँ, ऋण लगानी ४६ करोड एक लाख ९८ हजार ८ सय ४२ रुपैयाँ रहेकाे छ

संस्थाले आर्थिक वर्ष २०७९/०८० मा ३ करोड ५४ लाख ६ हजार २ सय ५४ रुपैयाँ संचालन मुनाफा गरेकाे छ । संस्थाकाे जगेडा तथा अन्य काेषमा काेषमा १० करोड ९३ लाख रहेकाे छ । संस्थाकाे वासलात ६६ करोड ११ लाख रुपैयाँ रहेकाे छ ।

साधारण सभाकाे अवसरमा संस्थाका सेयर सदस्यहरुका छोराछोरीमध्येबाट गत वर्षको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल २२ विद्यार्थीहरुलाई सम्मान गरिएको थियो। त्यस्तै नियमित बचतकर्तामध्येबाट असल बचतकर्ताका रुपमा कविता श्रेष्ठ, विन्दुलाल श्रेष्ठ, लक्ष्मण श्रेष्ठ र आकृति लामा, असल ऋणी सम्मानबाट सुनिता गोपाली, भरतप्रसाद पुडासैनी, मदन श्रेष्ठ र प्रसिद्धा स्यांगतानलाई सम्मान गरिएको थियो। यसैगरी, उत्कृष्ट कर्मचारी मन्दिरा बिँडारीलाई सम्मानसमेत प्रदान गरिएको व्यवस्थापक सृष्टि श्रेष्ठले बताइन्।

 

अभिलेख

लोकप्रिय