समयै बचत फिर्ता कार्ययोजना पेश नगर्ने सहकारीलाई विभागले सोध्यो स्पष्टिकरण
काठमाडौं : सहकारी विभागले स्वेतपत्र, बचत फिर्ता कार्ययोजना र सञ्चालकको सम्पत्ति विवरण पेश नगर्ने सहकारीलाई स्पष्टिकरण सोधेको छ ।
विभागले कात्र्तिक २५ गते निर्देशन जारी गर्दै २०८० साल मंसिर मसान्तभित्र स्वेतपत्र, बचत फिर्ता कार्ययोजना र सञ्चालकको सम्पत्ति विवरण पेश गर्न भनेको थियो । तर, कतिपय सहकारी संस्थाहरुबाट प्राप्त हुन नआएको भन्दै विभागले पुन सूचना जारी गरेको छ ।
विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘तोकिएको समयभित्रै उक्त विवरणहरु पेश नगर्ने सहकारी संस्थाहरुले के कति कारणले विवरण पेश नगरेको हो, चित्तबुझ्दो आधार र कारण खुलेको स्पष्टिकरण सहित यो सूचना प्रकाशित भएको मितिले ३० (तीस) दिनभित्र उल्लेखित सम्पूर्ण विवरणहरु पेश गर्नुहुन सूचित गरिन्छ ।’
पेश नगर्ने सहकारीलाई कानून बमोजिम कारवाही प्रक्रिया अगाडी बढाईने समेत विभागले जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
