श्री गोरखकाली बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पुन: कृष्ण धितात
काठमाडौं : खिचापोखरी, न्यूरोड स्थित श्री गोरखकाली बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा पुन कृष्ण धिताल चयन भएका छन् ।
शनिबार सम्पन्न संस्थाको ९औं वार्षिक साधारण सभाले धितालको नेतृत्वमा सात सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्विरोध चयन गरेको हो । नवनिर्वाचि सञ्चालक समितिको उपाध्यक्षमा सयुज रञ्जित, सचिवमा अजय श्रेष्ठ, कोषाध्यक्षमा विजय कुमार सिग्देल रहेका छन् । त्यस्तै सदस्यहरुमा रविन्द्र पराजुली, अनिल बर्मा र हरि भट्ट निर्वाचित भएका छन् ।
त्यसैगरी लेखा समिति संयोजकमा सुरेश महर्जन र सदस्यहरुमा टेकलाल श्रेष्ठ र अर्जुन श्रेष्ठ चयन भएको छ ।
साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष कृष्ण धितालले वार्षिक प्रतिवेदन पेश गरेका थिए । प्रस्तुत प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/८० मा सेयर पुँजी २ करोड ८७ लाख, जगेडा कोष ३८ लाख, अन्य कोष ६३ लाख, निक्षेप ८ करोड ९८ लाख, कर्जा लगानी ११ करोड ७१ लाख, कर्जा जोखिमको व्यवस्था ३८ लाख ५७ हजार र नाफा ३७ लाख रुपैयाँ रहेको छ ।

साधारण सभाले अध्यक्षको वार्षिक प्रतिवेलन, कोषाध्यक्षको आय व्ययको प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन लगायत एजेण्डामा छलफल गरी पारित गरेको छ ।
संस्थाका जेष्ठ सदस्य गोपाल अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभाको अवसरमा विभिन्न विधामा सदस्यहरुलाई सम्मान समेत गरिएको थियो ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
