२२ कात्तिक २०८३, आईतवार

दोस्रो प्रयासमा नेफ्स्कूनको अध्यक्ष बने ढकाल

२०८० पुष ८, आईतवार
दोस्रो प्रयासमा नेफ्स्कूनको अध्यक्ष बने ढकाल

काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को अध्यक्षमा चन्द्रप्रसाद ढकाल विजयी भएका छन् । परितोष पौड्याललाई १७७ मतलेपछि पार्दै ढकाल अध्यक्ष बनेका हुन् ।

ढकालले ११९६ मत पाउँदा पौड्यालले १०१९ मत ल्याए ।

यस अघि ढकाल २०७० सालको निर्वाचनमा पनि ढकाल अध्यक्ष पदका उम्मेदवार बनेका थिए । त्यस बेला ऋषिराज घिमिरेसँग ढकालले चुनाव लडेका थिए । त्यसबेला २३२ मत ल्याएर पराजय भएका थिए । विजयी घिमिरेले ९३९ मत ल्याएका थिए ।

अभिलेख

लोकप्रिय