२२ कात्तिक २०८३, आईतवार

नेफ्स्कून निर्वाचन: परितोष पौड्यालको समूहबाट दुर्गा तिवारी सञ्जेल निर्विरोध

२०८० पुष ८, आईतवार
नेफ्स्कून निर्वाचन: परितोष पौड्यालको समूहबाट दुर्गा तिवारी सञ्जेल निर्विरोध

काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को ३२ औं वार्षिक साधारणसभाबाट लेखा सुपरीवेक्षण समितिको महिला सदस्यमा दुर्गा तिवारी सञ्जेल निर्विरोध निर्वाचित भएकी छिन् ।

लेखा सुपरीवेक्षण समितिको सदस्य (महिला) तर्फ २ जनाको उमेदवारी परेको थियो । परितोष पौड्याल प्यानलबाट दुर्गा तिवारी सञ्जेल र अर्का उमेदवार चन्द्र प्रसाद ढकाल प्यानलबाट शुभद्रा नेपालको उमेदवारी परेको थियो । निर्वाचन उपसमितिले उमेदवारको योग्यता नपुगेको भन्दै नेपालको उमेदवारी खारेज दिएको हो ।

नेपालको उमेदवारी खारेज भएपछि सञ्जेल निर्विरोध निर्वाचित भएकी हुन् ।

अभिलेख

लोकप्रिय