साकोस अभियानको उत्कृष्ट व्यवस्थापक कृष्णकुमार
काठमाडौं : चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था, थानकोट काठमाडौंका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठ उत्कृष्ट व्यवस्थापक रुपमा सम्मानित भएका छन् ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) को ३२औं वार्षिक साधारण सभामा श्रेष्ठलाई नेपालभरीको साकोस अभियानको उत्कृष्ट व्यवस्थापकको रुपमा प्रशंसा पत्र र नगदसहित पुरस्कृत गरिएको हो।
नेफ्स्कुनले ३६औं स्थापना दिवसको अवसरमा श्रेष्ठलाई उत्कृष्ट व्यवस्थापकको रुपमा घोषित गरेको थियो । सहकारी क्षेत्रमा २३ वर्षदेखि सकृय श्रेष्ठले विभिन्न बचत तथा ऋण सहकारी संस्थाको व्यवस्थापकको रुपमा काम गरेका छन् ।
श्रेष्ठ सहकारी क्षेत्रका प्रखर व्यक्तित्वको रुपमा परिचित छन् । उनी सहकारी क्षेत्रको वित्तीय योजना र मानव संशाधन व्यवस्थापनमा पनि विशेष दख्खल राख्छन् । यस अघि सन् २०११ मा पनि उनी नेफ्स्कुनबाटै उत्कृष्ट व्यवस्थापकका रुपमा सम्मानित भइसकेका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
