२३ कात्तिक २०८३, सोमबार

नेफ्स्कून निर्वाचन: महिला सञ्चालक पदमा राधा कडरियाको उम्मेदवारी

२०८० पुष ७, शनिवार
नेफ्स्कून निर्वाचन: महिला सञ्चालक पदमा राधा कडरियाको उम्मेदवारी

काठमाडौं : भोली (आइतबार) हुने नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को सञ्चालक समितिको महिला सञ्चालक पदमा राधा कडरियाले उम्मेदवारी दिएकी छिन् । कडरिया चन्द्रप्रसाद ढकाल समूहबाट उम्मेदवारी दिएकी हुन् ।

कडरिया पाँचतारा साकोस, काठमाडौंको प्रतिनिधित्व गर्दै उम्मेदवारी दिएकी हुन् । नेफ्स्कुन बचत तथा ऋण सहकारी संस्थाहरुको केन्द्रिय संघ भएपनि प्रारम्भिक सहकारीहरुले अभिभावकत्वको अनुभव गर्न नसकिरहेको बर्तमान परिप्रेक्ष्यमा सबै संस्थाको अभिभावकत्व महसुस गर्ने गरी आफुले काम गर्ने उनले बताइन् ।

समस्या पर्दा प्रारम्भिक संस्थाहरुलाई नेफस्कुनले सघाउँछ भन्ने विश्वास दिलाउने गरी आफु सञ्चालक पदमा रहेर भूमिका खेल्ने उनको प्रतिवद्धता छ । पछिल्लो समय सहकारीप्रति हेर्ने आम दृष्टिकोण नकारात्मक बनिरहेकाले त्यसलाई चिर्न पनि आफ्नो सक्रियता रहने उनले बताइन् । सहकारीलाई सहकारीकै रुपमा स्थापित गरी लक्षित समुहको आर्थिक सामाजिक रुपान्तरणमा भूमिका खेल्ने उनको भनाई छ ।

विगत २६ वर्षदेखि सहकारीमा जोडिएको र पूर्ण रुपमा सहकारीलाई नै आफ्नो लक्ष्य बनाएर क्रियाशील रहेकाले साकोस अभियानलाई नेतृत्व दिन आफु सक्षम रहेको उनको दावी छ । प्रारम्भिक संस्था सञ्चालनको लामो अनुभव सँगालेकी कडरिया बागमती प्रदेश बचत तथा ऋण सहकारी संघको सञ्चालक समेत रहेकी छिन् । सहकारी ऐनको कार्यान्वयन र अभियानका छविलाई उच्च बनाउन आफ्नो तर्फबाट अधिकतम प्रयास गर्ने उनको प्रतिवद्धता छ ।

कडरियाले राष्ट्रिय सहकारी महासंघद्वारा सञ्चालित ‘डिल्पोमा इन को९अपरेटिभ म्यानेजमेन्ट’ का फस्ट ब्याचबाट दिक्षित भइसकेकी छिन् । ऐनमा भएको व्यवस्था अनुसार सहकारी अभियानमा महिला नेतृत्व बढाउनका लागि यसपटक आफू नेतृत्वमा जाने र आगामी दिनमा अरुहरुलाई पनि प्रेरणा दिन कोशिस गर्ने उनले जनाइन् ।   मुलुकभरका बचतऋण सहकारीकर्मीबाट साथसहयोग पाएर नेतृत्वमा पुग्ने अपेक्षा उनको छ ।

अभिलेख

लोकप्रिय