२२ कात्तिक २०८३, आईतवार

नेफ्स्कून निर्वाचन: खुला सञ्चालकमा शुसिलकुमार बस्न्यात

२०८० पुष ७, शनिवार
नेफ्स्कून निर्वाचन: खुला सञ्चालकमा शुसिलकुमार बस्न्यात

काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को आइतबार हुने निर्वाचनमा खुला सञ्चालकमा शुसिलकुमार बस्न्यातले उम्मेदवारी दिएका छन् । बस्न्याल वर्तमान लेखा सुपरीवेक्षण समितिका सदस्य समेत हुन् ।

बस्न्यातले परितोष पौड्याल समूहबाट उम्मेदवारी दिएका हुन् । भण्डै २ दशक सहकारी अभियानमा बिताएका बस्न्यात लोकप्रिय युवा सहकारीकर्मी हुन् । जिल्ला सहकारी संघ, काठमाडौं हुँदै नेफ्स्कून प्रवेश गरेका बस्न्यात सहकारी अभियानमा लोकप्रिय मानिन्छन् ।

नेफ्स्कूनको विनियम अनुसार खुला सञ्चालकमा ४ जना निर्वाचित हुन्छन् ।

नेफ्स्कूनको विभिन्न उपसमितिमा बसेर काम गरेका बस्न्यात ४ वर्ष अघि लेखा समिति सदस्यमा निर्वाचित भएका छन् । ग्रामिण विकासमा स्नाकोत्तर गरेका बस्न्यात बीएएलएलबी समेत उर्तिण छन् ।

साकोस ऐनका लागि आवश्यक पैरवी र पहल गर्न, ऋण असुली न्यायाधिकरण, कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायधिकरण, बचत सुरक्षण कोष, स्थिरीकरण कोषको प्रभावकारी कार्यान्वयन, स्वनियमनमार्फत सुशासन प्रबद्र्धन, साकोस अभियानमा सुशासनको अक्षरस पालना गराउन आफ्नो उम्मेदवारी रहेको बस्न्यातले बताए ।

त्यस्तै सहकारी अभियानकर्मीहरुको ऐक्यद्धतामा सुसम्बन्ध स्थापना गर्न, साकोस तथा नेफ्स्कूनको छविलाई उच्च र सम्मानजनक बनाउन, साकोसको समस्या र चुनौतीलाई लिएर नीतिगत बहस पैरवी गर्न, दीगो सञ्जाल व्यवस्थापन ढाँचा विकास गर्न, सबै सदस्य साकोसहरुलाई आवश्यकता पहिचान गरी तालिम तालिम तथा शिक्षाको व्यवस्था गर्न, उद्यमशीलता विकासका कार्यक्रमहरु सञ्चालन गर्न सदस्यहरुको व्यवस्थापन सहजीकरणमार्फत अविभावकत्व, प्राविधिक रुपमा सञ्जालीकरण र न्यूनलागतका स्रोतहरु बचत तथा ऋण सहकारीहरुमार्फत परिचालन गर्न आफ्नो उम्मेदवारी रहेको बताए ।

अभिलेख

लोकप्रिय