४ वटा संस्थामा खुम्चियो नेफ्स्कूनको प्रोबेशन ब्राण्ड
काठमाडौं : यस वर्ष चार वटा बचत तथा ऋण सहकारी संस्थाले मात्रै पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम–प्रोबेशन ब्राण्ड प्राप्त गरेका छन् । आर्थिक वर्ष २०७९/८० को प्रोबेशन अन्तिम परिक्षणमा सहभागी १२ मध्ये ४ साकोसले ब्राण्ड प्राप्त गरेका हुन् । नेफ्स्कूनले प्रदान गर्ने प्रोबेशन ब्राण्ड नेपाल सरकारको मान्यता प्राप्त ब्राण्ड हो ।
यस वर्ष काठमाडौंको ज्ञानज्योति महिला उत्थान बचत तथा ऋण सहकारी संस्था लि., ललितपुरको ठेचो महिला जागरण बचत तथा ऋण सहकारी संस्था लि., कास्कीको जनसेवा बचत तथा ऋण सहकारी संस्था लि. तथा सल्यानको ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि. ले ब्राण्ड प्राप्त गर्न सफल भएका हुन्।
उक्त साकोसहरुलाई नेफ्स्कूनको ३२औं वार्षिक साधारण सभाको उद्घाटन कार्यक्रममा आज ब्राण्ड प्रदान गरिएको हो । सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले साकोसका प्रतिनिधिहरुलाई ब्राण्ड प्रदान गरेका थिए ।
२०७६ सालमा ३४, २०७७ सालमा ४० वटा संस्था सम्मले पाएका थिए । एक्सेस ब्राण्ड पाएका सहकारी समेत प्रोबेशन ब्राण्ड पाउन असफल भएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
