कालिका सहकारी ठगी प्रकरण: ७ जना धरौटीमा रिहा, २७ अझै फरार
काठमाडौं : लमजुङको कालिका बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका ७ जना धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत लमजुङले संस्थाका अध्यक्षसहित ७ जनालाई बिहीबार धरौटीमा रिहा गरेको हो ।
सरकारी वकिलको कार्यालयले मुद्दा चलाएका ३४ जनामध्ये प्रहरी हिरासतमा रहेका ७ जना जनही ७ लाखदेखि १२ लाख रुपैयाँ धरौटी रकम बुझाएर बिहीबार तारेखमा रिहा भएको अदालतका श्रेस्तेदार भेषराज पौडेलले जानकारी दिए । पक्राउ परेका ७ जनाले अदालतमा ७२ लाख रुपैयाँ धरौटी बुझाएर तारेखमा छुटेका हुन् ।
जिल्ला न्यायाधीश शिवप्रसाद खनालको इजलासले ४ जनालाई जनही १२ लाख, १ जनालाई १० लाख र २ जनालाई जनही ७ लाखका दरले धरौटी माग गरेको थियो ।
अदालतको आदेशअनुसार सहकारीका अध्यक्ष शिवराम शिलवाल, उपाध्यक्ष श्रीकृष्ण लामिछाने, तत्कालीन कर्पुरेश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष मिलन शर्मा दनाई र संस्थाका प्रमुख कार्यकारी अधिकृत वेदराज खनिया जनही १२ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् ।
यस्तै कालिका सहकारीका लेखापरीक्षक महेन्द्र शर्मा पौडेल १० लाख रुपैयाँ साथै सहकारीका सचिव कृष्ण केसी (कृष्णबहादुर खत्री ) र सदस्य हरिबाबु थापा जनही ७ लाख रुपैयाँ धरौटी बुझाएर तारेखमा छुटेको अदालतले जनाएको छ ।
सरकारी वकिलको कार्यालयले मंगलबार जिल्ला अदालतमा मुद्दा दायर गरेपछिको बयान, बहससँगै बिहीबार थुनछेक बहस भएको थियो । अदालतमा मुद्दा दायर गरिएका ३४ जनामध्ये २७ जनालाई प्रहरीले खोजिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्सपेक्टर थानेश्वर चपाईले जानकारी दिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
