नेफ्स्कून निर्वाचन: त्रिदलीय गठबन्धनबीच पद बाँडफाँड टुङ्गोमा
काठमाडौं : नेफस्कूनको आगामी आइतबार हुने निर्वाचनका लागि त्रिदलीय गठबन्धन सहमति भएसँगै पद बाँडफाँडको विषय पनि लगभग टुङ्गो लागेको छ ।
नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) निकट सहकारीकर्मीबीच गठबन्धनको साझा उम्मेदवारको रुपमा अध्यक्ष पदमा चन्द्रप्रसाद ढकाललाई अघि सार्ने सहमति आज भएको थियो । सोही सहमति लगत्तै तीनै दलका प्रतिनिधिहरुबीच पदको छिनोफानो पनि भएको श्रोतले जानकारी गराएको छ । तीनै दलबीच भोली (बिहीबार बिहान ९ बजे एक कार्यक्रमबीच) साझा उम्मेदवारको औपचारिक घोषणा गर्ने कार्यक्रम तय भएको छ ।
सहमती पत्रमा हस्ताक्षर गरेसँगै दल निकटका सहकारीकर्मीहरु उम्मेदवार छनोटमा व्यस्त छन् । सहकारी खबरलाई प्राप्त जानकारी अनुसार नेपाली कांग्रेसले अध्यक्ष, उपाध्यक्ष र लेखा समिति संयोजक पाउने सहमति भएको छ । त्यस्तै सञ्चालकमा ६ जना पाउने आन्तरिक सहमति भएको छ । त्यस्तै, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले वरिष्ठ उपाध्यक्ष, महासचिव, लेखा समिति सदस्य १ र सञ्चालक सदस्य पाउने भएको छ । यता नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले कोषाध्यक्ष, लेखा समिति सदस्य १ र सञ्चालक ३ पाउने सहमति भएको छ । त्यस्तै नेपाल मदजुर किसान पार्टी निकट सहकारीकर्मीको लागि १ जना सञ्चालक छुट्याईएको छ ।
यस्तै, स्वतन्त्र रुपमा आउनेलाई नेपाली कांग्रेसको कोटाबाट १ सञ्चालन दिने बुझिएको छ । स्रोतका अनुसार भोलि बिहान ९ बजे अध्यक्ष पदको उम्मेदवारको मात्रै घोषणा गर्ने कार्यक्रम छ । उक्त कार्यक्रममा सबै दल निकट सहकारीकर्मीलाई बोलाईएको छ । भोली दिउँसोसम्म सम्पूर्ण उम्मेदवारको नाम टुंग्याई बेलुकासम्ममा उम्मेदवारको नाम सार्वजनिक गरिने छ । उम्मेदवारको परिचयात्म कार्यक्रम पनि भोलीनै राखिने छ । शुक्रबार नेफ्स्कूनको साधारण सभा नै भएका कारण भोलि बेलुकासम्म सम्पूर्ण नाम टुंगोमा पुर्याई चुनावी प्रचारप्रसारमा उत्रिने तयारी रहेको बुझिएको छ ।
विनियम अनुसार नेफ्स्कूनमा १९ सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा तथा सुपरीवेक्षण समिति रहने व्यवस्था छ । जसमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष एक/एक जना चुनिन्छन् । वरिष्ठ उपाध्यक्ष वा उपाध्यक्षमध्ये एक पदमा महिला अनिवार्य हुनुपर्ने व्यवस्था छ ।
अन्य १४ जना सञ्चालक सदस्य निर्वाचित हुन्छन् । सञ्चालक समितिमा प्रत्येक प्रदेशबाट कम्तीमा एक जना सदस्य समितिमा आउनुपर्छ । चार जना सञ्चालक खुलाबाट निर्वाचित हुन्छन् भने तीन जना सञ्चालक महिलाका लागि आरक्षण गरिएको छ । त्यस्तै तीन सदस्यीय लेखा समितिमा एक जना महिला अनिवार्य गरिएको छ ।
साथै सहकारी ऐन २०७४ ले सञ्चालक समितिमा कम्तीमा ३३ प्रतिशत महिला सदस्यको प्रतिनिधित्व सुनिश्चित गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
