२२ कात्तिक २०८३, आईतवार

प्रविधिमा नेचुरल सहकारी एक कदम अगाडि, आवाजबाटै कारोबारको विवरण बताउने ‘इस्पिकर’ वितरण सुरु

२०८० पुष ५, बिहिबार
प्रविधिमा नेचुरल सहकारी एक कदम अगाडि, आवाजबाटै कारोबारको विवरण बताउने ‘इस्पिकर’ वितरण सुरु

कठमाडौं : नेचुरल बचत तथा ऋण सहकारी संस्थाले डिजिटल कारोबारलाई सजिलो बनाउनका लागि आवाजबाटै कारोबारको विवरण बताउने इस्पिकर यन्त्र सदस्यलाई वितरण सुरु गरेको छ ।

सिम कार्ड तथा वाई-फाईमार्फत इन्टरनेटमा जोडिएर इस्पिकर यन्त्रले डिजिटल कारोबार यकिन गरी बताउने भएकाले यसले तुरुन्त जानकारी दिन सक्ने छ । इस्पिकर एक अडियो अलर्ट यन्त्र हो । जसले डिजिटल कारोबार गरेर भुक्तानी आएको सूचना आवाजको माध्यमबाट तुरुन्त दिनेछ ।

नेचुरल सहकारीले इसेवासँग सहकार्य गरी सदस्यलाई वितरण सुरु गरेको हो । यस यन्य भुक्तानी आएको पुष्टि गर्ने भरपर्दो तथा सजिलो माध्यम प्रदान गर्नेछ । नेचुररले सदस्यलाई वितरण सुरु गरेको इस्पिकर सहकारी क्षेत्रमै पहिलो हो ।

ग्राहक तथा व्यवसायीहरूले क्यूआर मार्फत आएको भुक्तानी पूरा भए नभएको तुरुन्तै पुष्टि गर्नलाई केही असहज थियो । कहिलेकाहिँ कारोबार पूरा भई खातामा पैसा आएको पुष्टि गर्नलाई मेसेज आउनमा ढिलासुस्ती हुँदा ग्राहक तथा व्यवसायी दुवैले नै समस्या खेप्नुपर्ने अवस्था थियो ।

त्यस्तै, व्यवसायीलाई ग्राहकले कारोबार गरी स्क्रिनसट देखाएर विश्वास दिलाउनु पर्ने स्थिति थियो । उक्त स्क्रिनसट साँचो भएरनभएको पुष्टि गर्नका लागि व्यवसायीसँग पनि कुनै भरपर्दो तरिका थिएन। कुनै व्यवसायीहरूले आफ्नो कर्मचारी मार्फत व्यापार-व्यवसाय संचालन गर्दा कारोबार पूरा भए/नभएको यकिन गर्न समेत झन्झट हुन्थ्यो ।

प्रविधि लाई पछ्याउँदै नेचुरल साकोसले सहकारी क्षेत्रमै पहिलो पटक आवाजबाटै कारोबारको विवरण बताउने ‘इस्पिकर’ सेवा शुभारम्भ गरेको संस्थाका प्रमुख कार्यकारी विकल्प पाठकले बताए । प्रविधिमा नेचुरल सहकारी सधै एककदम अगाडी रहेको कुरा यसले समते पुष्टी गर्दछ ।

सदस्यहरुलाई प्रविधिमैत्री सेवा प्रदान गर्न संस्था तत्पर रहेको समेत पाठकले बताए ।

अभिलेख

लोकप्रिय