२३ कात्तिक २०८३, सोमबार

हाम्रो मध्यवर्ती साकोसको प्रतिनिधित्व गर्दै नेफ्स्कूनमा नवराज न्यौपानेको उम्मेदवारी

२०८० पुष ४, बुधबार
हाम्रो मध्यवर्ती साकोसको प्रतिनिधित्व गर्दै नेफ्स्कूनमा नवराज न्यौपानेको उम्मेदवारी

काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को आसन्न निर्वाचनमा सञ्चालक पदमा सहकारी अभियन्ता नवराज न्यौपानेले उम्मेदवारी घोषणा गरेका छन् । ठाकुरबाबा-१, भुरिगाउँ बर्दिया स्थित हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाको प्रतिनिधित्व गर्दै न्यौपानेले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । उनी संस्थाका अध्यक्ष हुन् ।

२०६३ जेठ १५ गते स्थापित तत्कालिन नेउलापुर मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाको लेखा समिति संयोजकबाट उनको सहकारी यात्रा सुरु भएको हो । उनी सोही संस्थाको २०७४ असोजसम्म लेखा समिति संयोजकको जिम्मेवारीमा थिए । २०७४ असोज २७ देखि उनी हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष पदमा कार्यरत छन् । उनी जिल्ला बचत तथा ऋण सहकारी संघ, बर्दियाका अध्यक्ष पनि हुन् ।

सहकारी सुशासन र व्यवस्थित रुपमा सञ्चालन गर्नुपर्छ भन्ने उद्देश्यका साथ संस्थालाई प्रोबेसन कार्यक्रममा सहभागिता गराएर ब्राण्ड समेत पाउन सफल भएको छ । न्यौपानेकै अगुवाईमा १४ वटा सहकारी संस्थाको सफल एकीकरण पनि सम्पन्न भएको छ । तीनै १४ वटा सहकारीको संगम हो हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था । संस्थामा १५ हजार ८ सय ९८ जना आवद्ध छन् । जसमध्ये ९ हजार २ सय ५ जना महिला छन् ।

उनै न्यौपानेको पहलमा बर्दिया राष्ट्रिय निकुञ्ज, तराई भु परिधि कार्यक्रम, राष्ट्रिय प्रकृति संरक्षण कोष, पि.सी.पी. कार्यक्रम र डब्लु डब्लु एफ, हरीयो वन कार्यक्रम, केयर नेपाल, प्लान इन्टरनेश्नर (सहमती) आदीले सहकारी संस्थाहरुको प्रर्बधन र विकासका लागि सहयोग समेत पुर्याएका छन् ।

हाम्रो मध्यवर्ती साकोसले नेफ्स्कूनद्वारा सञ्चालित गुणस्तर सुनिश्चितता प्रोबेशन कार्यक्रममा २०७४ कार्तिकदेखि आवद्ध भई प्रोबेशन ब्राण्ड समेत प्राप्त गरेको छ । साथै आ.ब. २०७७/२०७८ देखि एक्सेस कार्यक्रममा पनि समाबेश भएको छ । संस्थाले नेफस्कूनबाट उत्कृष्ट ब्यबसाय पुरस्कार र राष्ट्रिय सहकारी महासंघबाट पनी उत्कृष्ट ब्यबसाय पुरस्कार प्राप्त गरेको छ ।

विगत डेढ दशक देखि सहकारी क्षेत्रमा नै काम गरी रहेको र यही अभियान मै रही अभियानलाई सक्षम रुपमा अगाडी बढाउन आफ्नो उम्मेदवारी रहने न्यौपानेले बताए । आगामी दिनमा पनि कर्तव्यनिष्ठ भई ईमानदारीपूर्वक समर्पित भएर लागीपर्ने प्रतिबद्धता न्यौपानेको छ ।

साकोस अभियानलाई थप सुधार गर्दै समय अनुकुल प्रभावकारी बनाउन, नविनतम सोचका साथ योगदान दिन, नेतृत्व परिवर्तन रुपान्तरण गर्नको लागि आफ्नो उम्मेदवारी रहेको उनले बताए ।

अभिलेख

लोकप्रिय