नेफ्स्कून अध्यक्षमा परितोष पौड्यालको उम्मेदवारी घोषणा
काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को अध्यक्षमा परितोष पौड्याल पुनः उम्मेदवार बन्ने भएका छन् । आज काठमाडौंको हार्दिक होटलमा एक कार्यक्रमको बीच पौड्यालको उम्मेदवारी घोषणा गरिएको हो । यही पौष ७ र ८ गते नेफ्स्कूनको निर्वाचन सहितको ३२औं साधारण सभा हुँदैछ ।
उक्त साधारण सभामा एमाले निकट सहकारीकर्मीहरुको तर्फबाट अध्यक्षमा पौड्यालको उम्मेदवारी रहने बताईएको छ । उम्मेदवारी घोषणा कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेल, निवर्तमान अध्यक्ष केशव बडाल, वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल, उपाध्यक्ष रमेश पोखरेल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, नेकपा एमाले सहकारी तथा गरिबी निवारण विभाग प्रमुख खगराज अधिकारी, पूर्व प्रमुख कमल चौलागाई लगायत सहकारी अभियन्ताहरुको उपस्थिती रहेको थियो ।
अन्य पदमा भने केही दिनमा उम्मेदवारी घोषणा गर्ने तयारी गरिएको छ । मिल्न सकिने जति सबैसँग मिलेर जाने रणनीतिमा एमाले निकट सहकारीकर्मीहरु छन् । सोही कारण हाललाई अन्य पदमा उम्मेदवारी घोषणा नगरिएको बुझिएको छ ।
नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र अन्यलाई पनि मिलाए लैजाने रणनीतिमा एमाले छ।
यता, कांग्रेस निकट मानिने सहकारीकर्मी चन्द्रप्रसाद ढकालले पनि आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
