२३ कात्तिक २०८३, सोमबार

ज्योति मिर्मिरे सामुहिक बचतको वित्तीय विवरण सार्वजनिक, यस्तो छ वित्तीय सूचक !

२०८० पुष ३, मङ्गलबार
ज्योति मिर्मिरे सामुहिक बचतको वित्तीय विवरण सार्वजनिक, यस्तो छ वित्तीय सूचक !

काभ्रे : पनौती-६, काभ्रे स्थित ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्थाले मंसिर मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

सहकारी विभागको निर्देशन बमोजिम हरेक महिना वित्तीय विवरण प्रकाशित गर्दै आएको संस्थाले मंसिर मसान्तसम्मको विवरण आज सार्वजनिक गरेको हो ।

यस अवधिमा संस्थाको सेयर पुँजी ११ करोड ६३ लाख १८ हजार ६ सय रुपैयाँ पुगेको छ । संस्थाको जगेडा कोषमा ६ करोड ६७ लाख ४२ हजार ३ सय १ रुपैयाँ, विभिन्न कोषमा ३ करोड २४ लाख ३२ हजार १ सय ५६ रुपैयाँ र कुल संस्थागत पुजी ७ करोड १९ लाख २० हजार ७ सय ६२ रुपैयाँ रहेको छ ।

७९ करोड २५ लाख ४९ हजार २ सय ७१ रुपैयाँ बचत संकलन गरी ८८ करोड २ लाख ७६ हजार २ सय ८४ रुपैयाँ लगानी गरेको छ ।

१ अर्ब १३ करोड ८७ लाख ५४ हजार ४ सय ३ रुपैयाँ कुल सम्पत्ति रहेको संस्थासँग तरलता १८ करोड ६४ लाख ३७ हजार २ सय ६५ रुपैयाँ (२३.५२ प्रतिशत) रहेको छ।

१६ हजार ६ सय १२ जना सदस्य रहेको संस्थामा बाल बचतकर्ता १ हजार १ सय ७२ जना रहेको छ । त्यस्तै २ हजार ७ सय ५६ जना ऋणी सदस्य रहेका छन् ।

अभिलेख

लोकप्रिय