२२ कात्तिक २०८३, आईतवार

काठमाडौं साकोस समिट सुटुक्क स्थगित, कार्यक्रम स्थल पुगेर फर्किए सहभागी

२०८० पुष १, आईतवार
काठमाडौं साकोस समिट सुटुक्क स्थगित, कार्यक्रम स्थल पुगेर फर्किए सहभागी

काठमाडौं : दोस्रो काठमाडौं साकोस समिट–२०८० सुटुक्क स्थगित गरिएको छ । काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कून)ले हायात रिजेन्सी होटलमा आज (पौष १ गते) गर्ने भनिएको समिट सुटुक्क स्थगित गरेको हो ।

आयोजकले  शुक्रबारसम्म सहभागिबाट शुल्क संकलन गरेको थियाे। शुक्रबार बेलुकासम्म कास्कूनका नेताहरुको प्रेसमा संस्थाले नाम दर्ता गराएका थिए । कार्यक्रम किन स्थगित भएको भन्ने आधिकारीक जानकारी भने कास्कूनले अहिलेसम्म गराएको छैन ।

कार्यक्रम स्थगित भएको जानकारी समेत सहभागीहरुलाई नगराउँदा कार्यक्रम स्थल पुगेर सहभागि फर्किएका छन् ।

कार्यक्रममा सहभागि कम भएपछि स्ममिट स्थगित गरिएको एक सञ्चालकले बताए ।

‘कार्यक्रममा २ सय ५० जना सहभागि गराउने लक्ष्य थियो तर १ सय २६ जनाजतिको मात्रै रजिष्ट्रेशन भयो’, ती सञ्चालकले भने, ‘सहकारी मन्त्रालयबाट कार्यपत्र प्रस्तुतकर्ता, टिप्पणीकर्ताका लागि आग्रह गरेका थियौं तर त्यहाँबाट सकारात्मक प्रतिक्रिया पनि आएन । त्यसै कारणले माघमा गर्नेगरी आजको कार्यक्रम स्थगित गरिएको हो ।’

तर, कास्कून व्यवस्थापनले भने १ सय ९८ जना सहभागिको रजिष्ट्रेशन भएको बताएको छ । आजको लागि तय भएको समिट माघ ११ गते गर्ने निर्णय भएको कास्कूनका व्यवस्थापक अरुणकुमार तिवारीले जानकारी दिए । ‘रजिष्ट्रेशन गराउनु भएको सबैलाई कार्यक्रम सरेको जानकारी गराएका हौं’, उनले भने, ‘एक जना चाँही कार्यक्रम स्थल आउनुभएको खबर पाएको छु ।’

अभिलेख

लोकप्रिय