नेफ्स्कून निर्वाचन: प्रतिनिधि मनोनय फारम बुझाउने समयसीमा सकियो, कति आए प्रतिनिधि?
काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को ३२औं वार्षिक साधारण सभाका लागि सदस्यहरुले आधिकारिक प्रतिनिधि मनोनय फारम दर्ता गराउने समयसीमा आज सकिएको छ ।
यही पुस ७ र ८ गते आयोजना हुने निर्वाचन सहितको साधारणसभाका लागि मनोनय फारम दर्ता गराउने समयसीमा मंसिर ३० गते (आज) सम्म मात्रै तोकेको थियो । नेफ्स्कूनले आज शनिबार पनि कार्यालय खोलेर सदस्यता नविकण र मनोनय फारम दर्ता गराएको थियो ।
नेफ्स्कूनको वार्षिक साधारण सभाबाटै निर्वाचनको एक साता अघि नै सदस्यता नविकरण र मनोनय फारम दर्ता गराईसक्नु पर्ने निर्णय गरेको थियो । सोही निर्णयको आधारमा नेफ्स्कून व्यवस्थापनले आजसम्म नविकरण र फारम संकलन कार्यलाई जारी राखेको थियो ।
नेफ्स्कूनका सूचना अधिकारी गणेश तिमिल्सिनाका अनुसार सदस्यता करिब ३४ सय सदस्यको नविकरण भएको जानकारी दिए । करिब ३ हजार मनोनय फारम दर्ता सिस्टममा अपलोड भैसकेको र केही अपलोडकै क्रममा रहेको उनले बताए ।
नेफ्स्कूनमा ४ हजार ६ सय ४६ प्रारम्भिक सहकारी, ६५ जिल्ला बचत संघ र तीन वटा प्रदेश संघ आवद्ध छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
