२३ कात्तिक २०८३, सोमबार

कोअपरेटिभ म्यानेजर्स क्लब चितवनको अध्यक्षमा मेघनाथ लामिछाने निर्वाचित

२०८० मंसिर २५, सोमबार
कोअपरेटिभ म्यानेजर्स क्लब चितवनको अध्यक्षमा मेघनाथ लामिछाने निर्वाचित

भरतपुर : कोअपरेटिभ म्यानेजर्स क्लब चितवन (सिएमसी चितवन)को अध्यक्षमा मेघनाथ लामिछाने निर्वाचित भएका छन् । आइतबार सम्पन्न क्लबको प्रथम साधारणसभाले युनिक बचत तथा ऋण सहकारी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत लामिछानेको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा प्रेरणा बचतका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद सुवेदी, सचिवमा मार्गदर्शन साकोसका प्रमुख कार्यकारी अधिकृत दीपक गौतम र कोषाध्यक्षमा एभरेस्ट साकोसका व्यवस्थापक लोकमाया ढकाल सुवेदीलाई चयन गरेको छ ।

त्यसैगरी सदस्यहरूमा हंस बहुउद्देश्यीय सहकारीका प्रमुख कार्यकारी अधिकृत नारायणप्रसाद सापकोटा, अथर्व साकोसका व्यवस्थापक प्रेमप्रसाद ढकाल, पुष्पाञ्जली साकोसका व्यवस्थापक फणीन्द्र अधिकारी (सोहन), पञ्चतारा साकोसका व्यवस्थापक सिर्जना भट्ट र माँ मनकामना साकोसका व्यवस्थापक शशिकला रेग्मीलाई चयन गरिएको निर्वाचन उपसमिति संयोजक डाक्टर जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

निर्वाचित अध्यक्ष लामिछानेले आफ्नो कार्यकालमा सहकारी क्षेत्रको समग्र हितको लागि काम गर्ने प्रतिवद्धता जनाए । ‘हाम्रो मुख्य काम तथा जिम्मेवारी भनेको चितवन जिल्लामा सञ्चालित सहकारी व्यवस्थापकहरुको क्षमता बिकास गर्दै समग्र सहकारी क्षेत्रको मर्यादा एवं संस्थागत विकासका लागि अभियानसँग समन्वय र सहकार्यमा कार्यक्रम तथा गतिविधी गर्ने हो’, अध्यक्ष लामिछानेले भने ।

अभिलेख

लोकप्रिय