नेफ्स्कूनको निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले निर्वाचन सहितको ३२औं वार्षिक साधारण सभाको लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
धनबहादुर श्रेष्ठ संयोजक रहेको निर्वाचन उप-समितिले आज कार्यतालिका सार्वजनिक गरेको हो । संघको निर्वाचन निर्देशिका २०७० (संशोधन ७६) को दफा ९ बमोजिम कार्यतालिका सार्वजनिक गरिएको हो ।
नेफ्स्कूनको निर्वाचन सहितको साधारण सभा आगामी पुस ७ गर ८ गते काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुँदैछ । नेफ्स्कूनको निर्वाचन आउन अब १५ दिन मात्रै बाँकी छ ।
कार्यतालिका अनुसार प्रथम पटक मतदाता नामावली प्रकाशन, मतदाता नामावली उपर दाबी विरोध र संशोधन, अन्तिम पटक मतदाता नामावली प्रकाशन, उम्मेदवारको दरखास्त, उम्मेदवारको नामावली प्रकाशन (प्रथम पटक), उम्मेदवार विरुद्ध दाबी विरोध र निर्णय पुष ७ गतेका लागि तोकिएको छ ।
उम्मेदवारी फिर्ता, उम्मेदवारको नामावली प्रकाशन (अन्तिम), मतदान पुष ८ गतेको लागि तोकिएको छ ।
अभिलेख
लोकप्रिय

आकाश डिजिटलको ८औं वार्षिकोत्सवमा विशेष छुट
१० असार २०८२, मंगलवार

वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबारRecent Posts


विशाल साकोसको विस्तारिक बैठक सम्पन्न, वार्षिक नीति तथा कार्यक्रम र बजेट पारित
२२ असार २०८२, आईतवार
समस्याग्रस्त सहकारीबाट ३ अर्ब ७१ करोड बचत फिर्ता, थप दुई संस्थाको राफसाफ हुँदै
२२ असार २०८२, आईतवार