२३ कात्तिक २०८३, सोमबार

एक्सेस बागमती प्रथम समुहको ३०औं कार्यशालाबाट १५ बुँदे निर्णय तथा मार्गनिर्देशन जारी

२०८० मंसिर १८, सोमबार
एक्सेस बागमती प्रथम समुहको ३०औं कार्यशालाबाट १५ बुँदे निर्णय तथा मार्गनिर्देशन जारी

काठमाडौं : एक्सेस बागमती प्रथम समुहको ३०औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला १५ बुँँदे निर्णय तथा मार्गनिर्देशन जारी गर्दै सम्पन्न भएको छ ।

एकीकृत फ़्रेण्डशिप बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भुमिराज खड़काको अध्यक्षता एवं जिरी नगरपालिकाका नगर प्रमुख मित्र बहादुर जिरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
एकीकृत फ्रेण्डसिप साकोस जिरीको आयोजना र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को प्राविधिक सहयोगमा सञ्चालित कार्यक्रममा एक्सेस बागमती प्रथम समुहमा आबद्ध दोलखाको तीनसहित काभ्रेपलाञ्चोकका तीन, भक्तपुरको दुई, नवलपरासीको एक र रामेछापको एक गरि १० वटा सहकारीको सहभागिता थियो ।

एक्सेस बागमती प्रथम समुह बिन्धबासिनी साकोस काभ्रे, चण्डेश्वरी साकोस काभ्रे, जनसचेतन साकोस दोलखा, मन्थली साकोस रामेछाप, विकु साकोस नवलपरासी, शिक्षक कल्याण साकोस दोलखा, श्री बाराहि साकोस भक्तपुर, सामुदायिक साकोस काभ्रे, सिद्धि गणेश साकोस भक्तपुरका अध्यक्ष, सञ्चालक, लेखा तथा सुपरिवेक्षण समिति, सल्लाहकार समिति, ऋण उपसमिति तथा व्यवस्थापन प्रमुखहरुको सहभागिता थियो ।

कार्यक्रममा सहभागी सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा निमित्त प्रमुख कार्यकारी अधिकृतहरुले आ आफ्नो संस्थाको शेयर सदस्य संख्या, कुल पुँजी, कुल ऋणीको संख्या, ऋण लगानी गर्दा गरिएका अभ्यासहरु, ऋण लगानी गरे पश्चातका चुनौती, समाधानका उपायहरु जस्ता विषयको प्रस्तुती गरेका थिए ।

कार्यशालाको सहजीकरण नेफ्स्कूका वरिष्ठ कार्यक्रम अधिकृत प्रेमनाथ वाग्लेले गरेका थिए । कार्यक्रममा सहभागीहरूलाई संस्थाका उपाध्यक्ष केदार बहादुर जिरेलले स्वागत मन्तब्यमार्फत स्वागत गरेका थिए । कार्यक्रममा कुल ८६ जनाको उपस्थिति थियो ।

कार्यक्रममा जिरी नगरपालिकाका प्रमुख मित्र बहादुर जिरेल लगायतले कार्यक्रम सफलताको शुभकामना दिँदै एक्सेस ब्राण्ड प्राप्त सहकारीहरु नीति, विधि र प्रविधिको परिधिमा रहेर आ-आफ्ना शेयर सदस्यहरुलाई गुणस्तरीय सेवा प्रवाह गर्न सुझाए ।

कार्यक्रममा एकीकृत फ्रेण्डसिप साकोसले अन्य सहभागी साकोसहरुलाई मायाको चिनो प्रदान गर्नुका साथै आगामी कार्यशाला सिद्धिगणेश साकोसमा गर्ने गरि झण्डा हस्तान्तरण गरेका थिए ।

अभिलेख

लोकप्रिय