२३ कात्तिक २०८३, सोमबार

श्री नारायणी साकोसको चार वर्षे व्यावसायिक रणनीतिक योजना निर्माण

२०८० मंसिर १७, आईतवार
श्री नारायणी साकोसको चार वर्षे व्यावसायिक रणनीतिक योजना निर्माण

चितवन : भरतपुर-५, स्थित श्री नारायणी बचत तथा ऋण सहकारी संस्थाले आगामी ४ वर्षका लागि रणनीतिक व्यावसायिक योजना निर्माण गरेको छ ।

संस्थाले शनिबार रणनितिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न गरेको हो । रणनितिक व्यवसायिक योजना निर्माण कार्यशालामा संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार, विभिन्न उप–समिति र कर्मचारी सहित ५५ जनाको सहभागिता थियो ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफुस्कून) का कार्यक्रम अधिकृत सुरज चालिसेको सहजिकरणमा आगामी ४ वर्षका लागि ‘सर्वोकृष्ट सेवा सहितको सक्षम व्यवशायिक सहकारी’ निर्माण गर्ने परिकल्पना सहितको कार्ययोजना तथा कार्यक्रम तय गरिएको हो ।

संस्थाका अध्यक्ष पुष्पराज भट्टको अध्यक्षता एवं सचिव हरि कृष्ण अधिकारीले कार्यशालामा संयोजनकारी भुमिका निर्वाह गरेका थिए । कार्यशालामा भरतपुर वडा नं ५ का वडा अध्यक्ष युद्द प्रसाद श्रेष्ठले सहकारी भावना अनुरुप संस्था सञ्चालन गर्न रणनितिक ब्यवसायिक योजना निर्माण कार्यशाला अति आवश्यक रहेको बताए । कार्यशालामा सिकेको विषय वस्तुलाई व्यवहारमा लागू गर्नु पर्ने बताए । सहकारी व्यवहारिकता भन्दा पद्धति र नियमको पालना गर्दै सुसासन कायम गर्नु पर्ने उनले जोड दिए ।

कार्यशालामा सहभागिहरुले सहकारी सदस्यको क्षमता वृद्धि तथा आत्मनिर्भरतर्फ लक्ष्यित हुनु पर्ने, सहकारी विधि र विनियमको परिधिभित्र रहनु पर्ने बताएका थिए ।

२०५४ सालमा ३० जना शेयर सदस्य, १५ हजार शेयर पुँजी, ३ हजार प्रबेश शुल्क र मासिक बचत एक सयका दरले ३ हजार गरी जम्मा २१ हजारबाट संस्था शुरुवात भएको थियो । २०८० अशार मसान्तसम्म संस्थामा २ हजा ७ सय शेयर सदस्य र १७ करोड ३१ लाख २ हजार ३ सय ७४ रुपैयाँ कुल पँजी रहेको छ । संस्था आफ्नै सुबिधा सम्पन्न भवनमा सञ्चालित छ ।

अभिलेख

लोकप्रिय