२३ कात्तिक २०८३, सोमबार

बागमती प्रोस्कूनको तेस्रो साधारण सभा सम्पन्न, अबको कार्यदिशा सञ्जाल व्यवस्थापन र सहकार्य

२०८० मंसिर १५, शुक्रबार
बागमती प्रोस्कूनको तेस्रो साधारण सभा सम्पन्न, अबको कार्यदिशा सञ्जाल व्यवस्थापन र सहकार्य

काठमाडौं : बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्राेस्कुन)को तेस्रो साधारण सभा आज काठमाडौंमा सम्पन्न भएको छ । संघका अध्यक्ष उद्धव सापकोटाको अध्यक्षता एवं राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

सभामा संघका महमसचिव जिवसराज खड्काले आर्थिक बर्ष २०७९/८० को  प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संघले सहकारी संघ संस्थाको सञ्चालन व्यवसायको विकास, प्रवद्र्धन तथा बजारीकरण लगायतका कार्यमा टेवा पुर्याउदै आएको बताए । संघले यस बर्ष दिगो सहकारी सञ्चालनका लागि वृहत एकीकरण अभियान सञ्चालन, ग्रामीण विकासका लागि सहकारी कार्यक्रम, उद्यमशीलता विकास कार्यक्रम,वित्तीय साक्षरता कार्यक्रम,मानव श्रोत विकास,बहस पैरवी र गुणस्तर सुनिश्चतता जस्ता कार्यक्रम सञ्चालन गर्ने योजना रहेको सभामा जानकारी दिए ।

संघका कोषाध्यक्ष केशवप्रसाद दंगालले आर्थिक बर्ष २०७९/८० को आर्थिक प्रतिवेदन सभामा प्रस्तुत गरेका थिए । सघंले गत असार मसान्तसम्म ४५१ सदस्य, ७ करोड १२ लाख ५९ हजार शेयर पुँजी, २ अर्ब ४० करोड ९७ लाख बचत संकलन र ८१ करोड ४३ लाख २५ हजार ऋण लगानी गरेको छ । संघको जगेडा कोषमा ८३ लाख ४९ हजार रकम जम्मा भएको छ । त्यस अवघिमा संघले १ करोड खुद नाफा आर्जन गरेको छ । सभामा लेखा  सुपरीवेक्षेण समितिका संयोजक देवप्रसाद त्रिपाठीले समितिको प्रतिवेदन प्रस्तुत गर्दै सञ्जाल विस्तार र सञ्जाल सहकार्यमा विशेष योजना  कार्यान्वयन गर्न सुझाव दिए । सभामा विभिन्न ११ विधामा व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो ।

सभामा शुभकामना मन्तव्य राख्दै कँडेलले महासंघले ‘भिजन २०३०’ सार्वाजनिक गरेको र  मुलुकमा रहेका ३० हजार सहकारी संस्थालाई एकीकरण मार्फत १० हजारमा झार्ने लक्ष्य लिएको बताए ।  जिडिपी र वित्तीय पहुँचमा पनि सहकारीको हिसा बढाउने लक्ष्य लिएकाले सबै संस्थाहरुले सोही अनुरुप काम गर्न उनले आग्रह गरे ।

सभामा संघका अध्यक्ष सापकोटाले सहकारी अभियानमा आफनो छुटै पहिचान बनाउन संघ तल्लिन रहेको बताए । संघले सहकारी अभियानका लागि दक्ष जनशक्ति उत्पादनका लागि पाठ्यक्रममा आधारित गुणस्तरीय तालिमहरु सञ्चालन गर्ने,सहकारी शिक्षाको गुणस्तर वृद्धिका लागि खोजपूर्ण स्रोत सामाग्री विकास र प्रमाणिकरण गर्ने र कोशिस कार्यक्रमको विकास गरी  र उक्त कार्यक्रममा सदस्य संस्थाको आवद्ध बढाउदै गएको उनले बताए ।
अबको कार्यदिशा सञ्जाल व्यवस्थापन र सहकार्य रहेको उनले जनाए । उनले विभिन्न सुंचकहरुको विकास गरी संस्थाहरुको वर्गिकरण गर्ने र सोही अनुसारको सेवा विकास गर्ने  उनले सभामा जानकारी दिए ।

अभिलेख

लोकप्रिय