नेफ्स्कून सञ्चालकमा उम्मेदवारी दिँदै राधा कडरिया
काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को सञ्चालक समितिको सदस्य पदमा राधा कडरियाले उम्मेदवारी दिने तयारी गरेकी छिन् । पौष ७ र ८ गते नेफ्स्कूनको निर्वाचन सहितको ३२ औं साधारण सभा हुँदैछ । सोही सभाले आगामी ४ वर्षको लागि नयाँ नेतृत्व चयन गर्दैछ ।
आगामी नेतृत्वका लागि सञ्चालक समितिको सदस्य पदमा उम्मेदवारी दिने गरी तयारी गरेको कडरियाले सहकारीखबरलाई बताइन् । काठमाडौं महानगरपालिका–३२, पुरानो सिनामंगलस्थित पाँच तारा बचत तथा ऋण सहकारी संस्थाको प्रतिनिधित्व गर्दै कडरियाले उम्मेदवारी दिने भएकी हुन् ।
हक्की स्वभावकी कडरियाको सहकारी अभियानमा २६ वर्ष परिश्रम र योगदान मिसिएको छ । अभियान भित्र विभिन्न तहमा बसेर काम गरेकी उनी पछिल्लो १६ वर्षदेखि पाँच तारा साकोसमा आवद्ध छिन् । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघमा समेत काम गरेको उनको अनुभव छ ।
कडरिया राष्ट्रिय सहकारी महासंघद्वारा सञ्चालित ‘डिल्पोमा इन को-अपरेटिभ म्यानेजमेन्ट’ का फस्ट ब्याच समेत हुन् ।
सहकारी ऐनमै नेतृत्वमा ३३ प्रतिशत महिला सुनिश्चित समेत गरेको छ । ऐनमा व्यवस्था भएपनि नेतृत्वमा महिला सहभागिता कम रहेको उनको भनाई छ । सहकारीमा अभियानमा महिला नेतृत्व बढाउनका लागि यसपटक आफू नेतृत्वमा आउन लागेको उनले बताईन् । साथै सम्पूर्ण सहकारीकर्मीबाट साथ, सहयोग हुने अपेक्षा गरेको उनले बताईन ।
सहकारीप्रति सदस्यहरुको विश्वास कम हुँदै गएको अवस्थामा सक्षम व्यक्ति नेतृत्वमा आउनुपर्ने उनको भनाई छ । कर्जा सूचना केन्द्र, बचत सुरक्षण कोष, कर्जा असुली न्यायधिकरण, दोस्रो तहको नियामक निकाय, बचत तथा ऋण सहकारी ऐन स्थापना गर्न आफ्नो भूमिका केन्द्रीत रहने उनले बताईन् । पदको लागि मात्रै नेतृत्वमा आउने नभई सहकारी अभियानको हितमा काम गरी व्यवस्थित गर्नको लागि आफ्नो उम्मेदवारी रहेको उनले प्रष्ट पारिन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
