२३ कात्तिक २०८३, सोमबार

नेफ्स्कून सञ्चालकमा ज्ञानु पौडेलको उम्मेदवारी घोषणा

२०८० मंसिर १०, आईतवार
नेफ्स्कून सञ्चालकमा ज्ञानु पौडेलको उम्मेदवारी घोषणा

काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय संघ (नेफ्स्कून)को सञ्चालक समितिको सदस्य पदमा ज्ञानु पौडेलले उम्मेदवारी घोषणा गरेकी छिन् । रुपन्देहीको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाबाट प्रतिनिधित्व गर्दै पौडेलले उम्मेदवारी घोषणा गरेकी हुन् । उनी जनउत्थानका अध्यक्ष समेत हुन् ।

नेफ्स्कूनको आगामी पुस ७ र ८ गते निर्वाचनसहितको ३२औं वार्षिक साधारण सभा हुँदैछ । जनउत्थान सहकारी एशिया स्तरकै उत्कृष्ट सहकारी संस्था हो । जनउत्थानले एसियाली ऋण महासंघद्वारा सन् २०२३ को एक्सेस अन्तिम परीक्षणमा ‘एक्सेर सिल्भर प्रतिकीकरण (सिल्भर ब्राण्ड) प्राप्त गरेको थियो । हाल नेपालमा जनउत्थान र चण्डेश्वरी साकोसको मात्रै एक्सेस ब्राण्ड मान्यता छ ।

बचत तथा ऋण सहकारी संस्था (साकोस) अभियानलाई थप सुधार गर्दै समयानुकूल प्रभावकारी बनाउन र नविनतम् सोंचका साथ योगदान दिन नेफ्स्कून सञ्चालक समितिको सदस्य पदमा उम्मेदवारी दिन लागिएको उनले बताईन ।

उनी बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थिरीकण कोषको समेत सदस्य हुन् । पौडेल ‘सुप्रबल जनसेवाश्री पदक’बाट समेत विभूषित व्यक्ति हुन् ।

अभिलेख

लोकप्रिय