सुशासन र पारदर्शितामा भक्तपुर बचत संघ अब्बल, सदस्यलाई लाभांश १५ प्रतिशत
काठमाडौं : भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको १९ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुको सभापतित्व एवं नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न भएको हो ।
संघका सचिव जगनाथ प्रजापतिले संघको आ.व. २०७९/८० को बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै १५ प्रतिशत लाभांश प्रस्ताव र संरक्षित पुजी फिर्ता दिने प्रस्ताव पेश गरेका थिए । संघका कोषाध्यक्ष कान्छा भक्त घजुले आ.व. २०७९/८० को वित्तीय प्रगति प्रतिवेदन पेश गरेका थिए ।
सभाले आ.व.२०७९/८० मा २ अर्ब २२ करोड ७४ लाख ३९ हजारको वासलात र ३ करोड ४० लाख ५३ हजारको नाफा सहितको लेखापरिक्षण प्रतिवेदन पारित गरेको छ । साथै, आगामी आ.व.२०८०/८१ मा संघको वासलात २ अर्ब ४५ करोड ५ लाखको बजेट पारित गरेको छ । संघका लेखा सुपरिवेक्षण समितिका संयोजक बालमुकुण्द उपाध्यायले आ.व.२०७९/८० को लेखा सुपरिवेक्षण समितिको बार्षिक प्रतिबेदन पेश गरेका थिए ।
उक्त सभामा संरक्षित पुँजी फिर्ता कोष बचत र ऋणको आधारमा अधिकत्तम योगदान गर्ने बचतमा उपकार बचत तथा ऋण सहकारी संस्था लि., सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. र भक्तपुर गणेश बचत तथा ऋण सहकारी संस्था लि. र ऋणमा बंगलामुखी बचत तथा ऋण सहकारी संस्था लि., संगम बचत तथा ऋण सहकारी संस्था लि. र अमरज्योति बचत तथा ऋण सहकारी संस्था लि. गरी तीन तीन वटा संस्थालाई संरक्षित पुँजी फिर्ता रकम सहित प्रशंसा पत्र वितरण समेत गरिएको थियो । सभामा संघमा आबद्ध २०२ वटा संस्थाहरुबाट १६१ जना प्रतिनिधि, ८ जना अतिथि, १६ जना पर्यवक्षक र ९ जना कर्मचारी गरीे जम्मा १९४ जनाको उपस्थिति रहेको थियो ।
सभामा बोल्दै बिजुक्छेंले सहकारी धनी वर्गलाई नभई किसान, न्यून आय भएका वर्गको उत्थानको लागि हुनुपर्ने बताए । सहकारीमा नाफा घाटाको भन्दा पनि सदस्यको जीवन परिवर्तनका लागि कार्य गर्नुपर्ने बताए ।
त्यस्तैसंघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सहकारीमा लोभी बचतकर्ता, कमजोर नियमन र कमजोर सहकारी अभियानका कारण सहकारी क्षेत्रमा संकट देखिएको बताए । सहकारी क्षेत्र सुधार कार्यदलले दिएका सुझावहरु तत्काल कार्यान्वयनमा ल्याई सदस्यको बचत सुरक्षा गर्नुपर्ने उनले बताए । संघहरुले सहकारीका सिद्धान्त, ऐन नियम र आफ्नै विनियम पालनाको अवस्था अनुगमन गरेर मात्र सदस्यता प्रदान गरेमा अभियान शुद्धिकरण हुने बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
