नेचुरल सहकारी उत्कृष्ट करदाताको रुपमा सम्मानित
काठमाडौं : नेचुरल बचत तथा ऋण सहकारी संस्था लिमिटेड राष्ट्रिय कर दिवस २०८० को अबसरमा सम्मानित भएको छ। आन्तरिक राजस्व कार्यालय, जोरपाटीबाट आर्थिक वर्ष २०७८/०७९ बैंक तथा वित्तीय संस्थाबाट सबै भन्दा बढी आयकर दाखिला गर्ने संस्थाको रुपमा नेचुरल सहकारी सम्मानित भएको हो ।
आन्तरिक राजस्व कार्यालय, जोरपाटीले आज एक कार्यक्रमको बीच संस्थाका प्रमुख कायकारी विकल्प पाठकलाई सम्मान पत्र हस्तान्तरण गरेको हो ।
आर्थिक वर्ष २०७९/८० मा संस्थाको सेयर पुँजी १७ करोड ८ लाख रहेको छ । त्यस्तै १ अर्ब ७७ करोड बचत संकलन, २ अर्ब ९ करोड ७५ लाख ऋण लगानी र १ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले त्यस अवधिमा २ अर्ब ६६ करोड ५६ लाख कुल कारोबार गर्न सकेको छ । संस्थाको जगेडा तथा अन्य कोषमा २५ करोड ४२ लाख र स्थिर सम्पत्ति २१ करोड ५३ लाख छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
