२३ कात्तिक २०८३, सोमबार

पत्रकार यादव हुमागाई सम्मानित

२०८० कात्तिक १९, आईतवार
पत्रकार यादव हुमागाई सम्मानित

काठमाडौं : आर्थिक पत्रकार यादव हुमागाई ‘कास्कून पत्रकारिता सम्मान–२०८०’बाट सम्मानित भएका छन् । आर्थिक अभियान दैनिकका वरिष्ठ संवाददाता हुमागाई काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कून)ले २०औं वार्षिक साधारण सभामा सम्मान गरेको हो ।

पत्रकारिताको माध्यमबाट सहकारी क्षेत्रको प्रवद्र्धन र विकासमा उल्लेखनिय योगदान पुर्याएको भन्दै सम्मान गरिएको कास्कूनले जनाएको छ । शनिबार सम्पन्न संघको २०औं वार्षिक साधारण सभामा राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल र संघका अध्यक्ष दीपक पनेरुले हुमागाईलाई सम्मान गरेका हुन् ।

हुमागाई डेढ दशकदेखि सहकारी तथा आर्थिक पत्रकारितामा क्रियाशिल छन् । २०६८ सालमा उनैको नेतृत्वमा नेपाल सहकारी पत्रकार समाज (सीजेएन) गठन भएको थियो । सीजेएन सहकारी पत्रकारहरुको छाता संगठन हो ।

अभिलेख

लोकप्रिय