२३ कात्तिक २०८३, सोमबार

वरिष्ठ पत्रकार देबकोटालाई संगम सहकारी पत्रकारिता पुरस्कार

२०८० कात्तिक १८, शनिवार
वरिष्ठ पत्रकार देबकोटालाई संगम सहकारी पत्रकारिता पुरस्कार

बिदुर : नेपाल पत्रकार महासंघ, बागमती प्रदेश समितिका अध्यक्ष एवं नुवाकोटबाट प्रकाशन हुने उत्तरगया दैनिकका सम्पादक शिव देबकोटा संगम पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।

नुवाकोटको अग्रणी सहकारी संस्था संगम बचत तथा ऋण सहकारीले आफ्नो २७ औ बार्षिक साधारणसभाको अवसरमा पत्रकार देबकोटालाई पुरस्कृत गरेको हो ।

शनिवार त्रिशूली कोलोनीमा आयोजित सहकारीको साधारणसभामा बागमति प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले वरिष्ठ पत्रकार देबकोटालाई दोसल्ला, सम्मान पत्र र नगदसहित सम्मानित गरे ।

पुरस्कृत देबकोटा बिगत २६ बर्षदेखि निरन्तर पत्रकारिता क्षेत्रमा क्रियाशिल छन् ।

अभिलेख

लोकप्रिय