२३ कात्तिक २०८३, सोमबार

अध्ययन भन्छ: सहकारीमा देखिएको अवस्थाको जिम्मेवारी सञ्चालकले लिनुपर्छ

२०८० कात्तिक १६, बिहिबार
अध्ययन भन्छ: सहकारीमा देखिएको अवस्थाको जिम्मेवारी सञ्चालकले लिनुपर्छ

काठमाडौं : यतिबेला केही सहकारी समस्यामा छन् । केही सहकारीमा देखिएको समस्याका कारण समग्र सहकारी क्षेत्रलाई नै असर पर्दै गएको छ । एउटाले गरेको गल्तीको सजाय अरुले भोग्नु न्याय संगत हुँदैन ।

सहकारीमा देखिएको आजको अवस्थाको मुख्य जिम्मेवारी सम्बन्धीत सहकारीको सञ्चालकले लिनुपर्ने एक अध्ययनले देखिएको छ । सहकारी सञ्चालनमा जे जस्तो कारणले समस्या देखिएको भएपनि त्यसको मुख्य जिम्मेवारी सम्बन्धीत सहकारीको सञ्चालकले लिनुपर्ने एक अध्ययनले देखिएको हो ।

सहकारी सुधार सुझाव कार्यदलले गरेको अध्ययन (सर्वेक्षण) मा सहभागी ५३.४५ प्रतिशतले सम्बन्धीत सहकारीको सञ्चालकले लिनुपर्ने बताएको हो । त्यस्तै २२.६१ प्रतिशतले सरकार, १५.९९ प्रतिशतले सम्बन्धीत सहकारीका सदस्यले र ७.९५ प्रतिशतले संघहरुले लिनुपर्ने बताएको हो ।

यस अध्ययनबाट सहकारीको समस्या समाधान गर्न सहकारीका सञ्चालक नै अग्रसर हुनुपर्ने स्पष्ट हुन्छ । कार्यदलले गरेको अध्ययनमा ११७९ मध्येबाट ६६ प्रतिशतले सहभागिता जनाएका थिए ।

अभिलेख

लोकप्रिय