आईडियल सहकारीको असोज मसान्तको वित्तीय विवरण प्रकाशित, कस्तो छ वित्तीय सूचक?
सप्तरी : राजविराज ४ सप्तरीमा केन्द्रीय कार्यालय रहेको आईडियल सहकारी संस्था लिमिटेडले असोज मसान्तको वित्तीय विवरण प्रकाशित गरेको छ । संघीय सहकारी विभागको २०७९ असार ३१ गतेको निर्देशन बमोजिम संस्थाले अपरिष्कृत वित्तीय विवरण हरेक महिना प्रकाशित गर्दै आएको छ ।
संस्थाले सार्वजनिक गरेको विवरण अनुसार संस्थाको ११ करोड ३४ लाख ३६ हजार ६ सय रुपैयाँ पुगेको छ भने जगेडा कोषमा ११ करोड ६४ लाख ९९ हजार ४१६ रुपैयाँ रहेको छ।
त्यसैगरी संस्थाको विभिन्न कोषहरुमा ७ करोड १४ लाख ६८ हजार ३३९ रुपैयाँ रहेको छ भने कुल संस्थागत पूँजी ११ करोड १४ लाख ६० हजार १९ रुपैयाँ रहेको छ। संस्थाको बचत ८८ करोड ३६ लाख ५५ हजार ९ सय ७३ रुपैयाँ, ऋण लगानी ७९ करोड ५० लाख ७४ हजार १ सय ७७ रुपैयाँ र कूल सम्पति १ अर्ब २४ करोड ६ लाख ८७ हजार २ सय २९ रुपैयाँ रहेको छ । संस्थामा १४ हजार ७३० जना सदस्य रहेको छन् ।
असोज मसान्तमा संस्थासँग २७ करोड ४५ लाख २९ हजार १७७ रुपैयाँ अर्थात ३१.०६ प्रतिशत तरलता रहेको छ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
