२३ कात्तिक २०८३, सोमबार

विकू बचतका नवनिर्वाचित समितिद्धारा पदभार ग्रहण

२०८० असोज २९, सोमबार
विकू बचतका नवनिर्वाचित समितिद्धारा पदभार ग्रहण

गैंडाकोट : विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडका नव निर्वाचित सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिले आज शपथसँगै पदभार ग्रहण गरेका छन् ।

संस्थाका पूर्व अध्यक्ष एवं निर्वाचन समिति संयोजक इन्द्रराज ज्योती पौडेलले निर्वाचित समितिलाई शपथ ग्रहण गराएका हुन् । त्यस्तै संस्थाका निवर्तमान अध्यक्ष ओमप्रसाद सापकोटाले नव निर्वाचित अध्यक्ष प्रेमप्रसाद सापकोटा ‘राजु’ लाई पद हस्तान्तरण समेत गरेका छन् ।

संस्थाको ३४ औं साधारण सभा अन्तर्गत शनिबार गैंडाकोटमा सम्पन्न निर्णय प्रमाणित तथा समापन कार्यक्रम तथा नयाँ नेतृत्प घोषणा सभाले सर्वसम्मत नयाँ कार्यसमिति गठन गरेको थियो । संस्थाको उपाध्यक्षमा कालीदास गौडेल, सचिवमा गोविन्द कँडेल, कोषाध्यक्षमा पुष्पराज बराल, सह सचिवमा लक्ष्मण पौडेल चयन हुनुभएको थियो भने सदस्यहरुमा निर्मला अधिकारी, अग्निप्रसाद सापकोटा, देवेन्द्र राना, दिलमाया श्रेष्ठ, लक्ष्मी गौतम, शोभाखर कँडेल, गणेशमान महतो, हिरा भुषाल, मुना कुमारी धनन्जय लम्साल र शेषकान्त कोइराला सर्वसम्मत चयन हुनुभएको थियो त्यसैगरी, लेखा सुपरीवेक्षण समिति संयोजकमा कमल सुवेदी, सदस्यमा सुरेन्द्र तिवारी र लक्ष्मी सिग्देल चयन भएका थिए ।

नव निर्वाचित अध्यक्ष सापकोटाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देखिएका आर्थिक मन्दीको वित्तीय क्षेत्रमा पर्ने असर चिर्ने गरी कार्यक्रम गर्ने बताए । उनले नीति तथा कार्यक्रम कार्यान्वयनसँगै वडा सरोकार मञ्च गठनदेखि सदस्य खुसी र सुखी बनाउने प्रतिवद्धता व्यक्त गरे । लेखा सुपरीवेक्षण समिति संयोजक कमल सुवेदीले वितेका ४ वर्षको अनुभवलाई आगामी दिनमा कार्यान्वयन गर्ने बताए ।

संस्थापक अध्यक्ष खेमराज सापकोटाले विकू नायक सहकारी रहेकोले यसको गरिमा कायम राख्न सहकारीको अध्ययन र गाम्भिर्यसाथ लाग्न आग्रह गरे । विकूका पूर्व अध्यक्ष एवं निर्वाचन समिति सदस्य केशवप्रसाद सापकोटाले सदस्य शिक्षामा जोड दिन आग्रह गरे । निवर्तमान अध्यक्ष ओमप्रसाद सापकोटाले विकू सहकारीको मर्म अनुसार अघि बढेकै कारण सफल भएको बताउँदै म हैन हामी भन्ने भावनाका साथ अघि बढ्न सुझाव दिए ।

संस्थाका पूर्व अध्यक्ष एवं निर्वाचन समिति संयोजक इन्द्रराज ज्योती पौडेलले सहकारीले अब उत्पादनमुखी क्षेत्रमा लागनी, युवा पलायन रोक्ने खालका कार्यक्रम र मानवीय स्रोत भन्दा प्रविधिको प्रयोग गरी गुणस्तरीय कार्यक्रम गर्न सुझाव दिए । विकूका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद पौडेलले कार्यक्रम सहजिकरण गरेका थिए।

अभिलेख

लोकप्रिय