२३ कात्तिक २०८३, सोमबार

सेञ्चुरी बहुउद्देश्यीय सहकारीको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२०८० असोज २८, आईतवार
सेञ्चुरी बहुउद्देश्यीय सहकारीको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं : सेञ्चुरी बहुउद्देश्यीय सहकारी संस्थाको दोस्रो वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष योगेन्द्रकुमार श्रेष्ठकाे सभापतित्व एवं मुक्तिनाथ विकास बैंकका सञ्चालक गजेन्द्रमान श्रेष्ठकाे प्रमुख आतिथ्यका सम्पन्न भएको हो ।

साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष योगेन्द्रकुमार श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन प्रस्तुत गर्दै श्रेष्ठले आर्थिक वर्ष २०७९/८० मा सेयर सदस्य १८२ जना, सेयर पुँजी १ कराेड ८ लाख ७८ हजार, बचत २ कराेड ३३ लाख ९५ हजार ६ सय १७ रुपैयाँ, लगानी २ कराेड ९३ लाख ४८ हजार ४ सय ७७ रुपैयाँ, तरलता रकम ५३ लाख ५० हजार ८ सय ८५ रुपैयाँ, कुल आम्दानी ५२ लाख ७२ हजार ७ सय ४८ रुपैयाँ, खर्च ४४ लाख ७० हजार २ सय ४० रुपैयाँ र मुनाफा ८ लाख २ हजार ५ सय ८ रुपैयाँ रहेकाे बताए ।

साधारण सभामामा नेपाल विज्ञापन संघका उपाध्यक्ष नारायण कुमार श्रेष्ठ, संस्थाका वरिष्ठ सल्लाहकार तथा एशियन लाईफ इन्स्योरेन्सका डेपुटी सीईओ होम बहादुर श्रेष्ठ, उपरथी ईश्वरकान्त मैनालीको विशिष्ट आतिथ्यता रहेको थियाे । त्यस्तै राष्ट्रिय सहकारी बैंक गोंगबु शाखा प्रमुख विष्णु गिरी लगायतकाे आतिथ्यता रहेकाे थियाे ।

कार्यक्रमकाे सञ्चालन संस्थाका सचिव किरण श्रेष्ठले गरेका थिए ।

 

अभिलेख

लोकप्रिय