सात बुँदे घोषणापत्र जारी गर्दै लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठी सम्पन्न
काठमाडौं : राष्ट्रिय सहकारी बैंकको आयोजनामा बिहीबारदेखि राजधानी जारी लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठी ७ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।
‘दिगो, पारदर्शी र जोखिम रहित सहकारीः लेखा सुपरिवेक्षण समितिको जिम्मेवारी’ भन्ने मूख्य विषयवस्तुमा केन्द्रित रही दुई चलेको गोष्ठीले निम्न मुद्दाहरुमा साझा धारणा बनाएको छ ।
घोषणापत्र
१) स्वःनियमनको अभ्यास मार्फत सहकारी अभियानलाई सुशासित र मर्यादित बनाउन लेखा सुपरिवेक्षण समितिको क्षमतामा अभिवृद्धि गरी कुशल, प्रभावकारी र गुणस्तरीय सेवा प्रदानका लागि सहकारी संघ संस्थामा आन्तरिक नियन्त्रण प्रणाली मजबुत बनाउन प्रतिबद्ध छौं ।
२) संस्थागत क्षमता अभिवृद्धि गर्न सहकारी संघ संस्थाको जोखिम व्यवस्थापनका लागि नीति, प्रक्रिया र संस्थागत जोखिमका तत्वहरूको नियमित मूल्याङ्कन र समीक्षा गर्ने प्रणालीको विकास गर्न प्रतिबद्ध छौं ।
३) सहकारी संघ संस्थाको आन्तरिक र वाह्य जोखिमहरुको पहिचान, वर्गिकरण, विश्लेषण र मूल्यांकन गरी जोखिम न्युनीकरणका लागि उपयुक्त सुरक्षित विधि, प्रविधि र आन्तरिक सुचना प्रणाली मजबुत बनाउन भूमिका निर्वाह गर्नेछौं ।
४) सहकारी संघ संस्था सम्बद्ध कानुन तथा नीति नियमहरुको पालना एवं सदस्यता केन्द्रीयताको नियमित अनुगमनका लागि सञ्चालक समिति, उपसमितिहरु, व्यवस्थापन, सदस्यहरु र लेखापरिक्षकलाई जिम्मेवार बनाउन प्रभावकारी भूमिका निर्वाहका लागि प्रतिबद्ध छौं ।
५) नियमित रुपमा सहकारी संघ÷संस्थाको वित्तीय स्वास्थ्य जाँच गरी सिघ्र, मध्यकालीन तथा दिर्घकालीन सुधारात्मक रणनैतिक पद्धतिको विकास गरी लागु गर्न संचालक समिति र व्यवस्थापनलाई जवाफदेही बनाउन प्रतिबद्ध छौं ।
६) सहकारी संघ/संस्थाको नियमित आन्तरिक लेखा परिक्षण तथा सुपरिवेक्षण गरी जोखिम न्यूनिकरणका लागि सहजीकरण गर्न र राष्ट्रिय सहकारी बैंकद्वारा निर्माण हुने लेखा सुपरिवेक्षण समितिको सरलीकृत प्रतिवेदनको अद्यावधिक ढाँचा प्रयोग गरी सुपरिवेक्षणमा एकरुपता कायम गर्न प्रतिबद्ध छौं ।
७) सहकारी संघ/संस्थामा स्वःनियमन र सुशासन कायम गर्न कानुन र विधिको परिपालनामा शुन्य सहनशीलताको नीति अपनाई साधारण सभाप्रति जवाफदेही भई कार्य गर्नेछौं ।
ख्
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
