२३ कात्तिक २०८३, सोमबार

किसान साकोसको पहिलो एकाइगत साधारणसभाबाट सर्वसम्मत नयाँ नेतृत्व

२०८० असोज २३, मङ्गलबार
किसान साकोसको पहिलो एकाइगत साधारणसभाबाट सर्वसम्मत नयाँ नेतृत्व

गैंडाकोट : किसान बचत तथा ऋण सहकारी सस्था लि. गैंडाकोटको २८ औँ वार्षिक साधारणसभा अन्तर्गत ११ वटा सेवाकेन्द्रको गैंडाकोट एग्रोमार्टमा पहिलो एकाइगत साधारणसभा सम्पन्न भएको छ ।

सभाले १२ औं नेतृत्व चयन कार्यक्रम अनुसार निर्वाचन उप-समितीले सहकारीको नेतृत्व चयनका लागि प्रस्तुत गरेको नामावली सर्वसम्मत रुपमा पारित भएको थियो । संस्थाको अध्यक्षमा भोजराज पौडेल, उपाध्यक्षमा चिन्तामणी कँडेल, सचिवमा सरस्वती कँडेल, कोषाध्यक्षमा राजेन्द्र गौतम, सहसचिवमा दुर्गाप्रसाद चालिसे रहेका छन् । त्यस्तै सदस्यमा श्रीहरी चालिसे, गोपालप्रसाद गौतम, रेशमलाल सापकोटा, पार्वती कुमारी बराल, बालु पुरी, जयलाल पराजुली, नरबहादुर थापा, होमनाथ सुवेदी, नवराज सापकोटा, दुर्गादेवी कँडेल सापकोटा, देवी घिमिरे, प्रेमप्रसाद सापकोटा, निरज रेग्मी र कमला दवाडी रहेका छन् ।

लेखा सुपरिवेक्षण समिति संयोजकमा तिलकप्रसाद पराजुली, सदस्यमा विष्णुप्रसाद सापकोटा र प्रकाश खनाल रहेका छन् । निर्वाचन समिति संयोजक, अधिवक्ता रमेश काफ्लेले उम्मेदवारी विरुद्ध कुनैपनि दावी विरोध पर्न नआएकोले नामावली सार्वजनिक गरिएको बताउनुभयो । २७ गते डण्डामा दोस्रो एकाइ साधारण सभा हुँदैछ ।

संस्थाका अध्यक्ष श्रीहरि चालिसेले निर्णायार्थ पेश गरेकाे विभिन्न १२ वटा प्रस्तावहरू सर्वसम्मत रुपमा पारित भएको थियो । संस्थाका सचिव सरस्वती कंडेलले प्रगति विवरण एवं नीति तथा कार्यक्रम पेश गरेका थिए । कोषाध्यक्ष राजेन्द्र गौतमले आय–ब्यय एवं अनुमानित बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै संस्थाको कुल सम्पत्ती ३ अर्ब ६२ करोड ८१ लाख ६३ हजार ४७२ रहेकोमा यस वर्ष ४ अर्ब ४५ करोड पुर्याउने लक्ष्य प्रस्तुत गरेका थिए। लेखा सुपरीवेक्षण समितीको प्रतिवेदन संयोजक चिन्तामणी कंडेलले प्रस्तुत गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि नेफस्कुनका लेखा सुपरीवेक्षण समिति संयोजक नवराज सापकोटाले सहकारीमा देखिएको समस्या, आर्थिक मन्दि लगायतका विविध समस्याका बाबजुद पनि किसान सहकारीले गरेको उपलब्धी अत्यन्तै सम्मान जनक रहेको बताए ।

उपाध्यक्ष भोजराज पौडेलले स्वागत मन्तब्य व्यक्त गर्नु भएको कार्यक्रममा गैँडाकोट इङ्गलिस स्कूलको सहकारी सम्बन्धि नाटक, सरस्वती निकेतन, स्मल हर्ट एकेडेमी, कन्टीनेटल बोर्डिङ स्कूलका तर्फबाट नृत्य प्रस्तुत गरेका थिए ।

 

अभिलेख

लोकप्रिय