२३ कात्तिक २०८३, सोमबार

जेष्ट आइडियोलोजी सहकारीकाे १४औं साधारण सभा सम्पन्न, कोष रकम २० करोड ७२ लाख नाघ्याे

२०८० असोज २२, सोमबार
जेष्ट आइडियोलोजी सहकारीकाे १४औं साधारण सभा सम्पन्न, कोष रकम २० करोड ७२ लाख नाघ्याे

काठमाडौं : न्यूरोडमा मुख्य कार्यालय रहेको जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्थाको १४औं वार्षिक साधारण सभा सम्पन भएको छ । संस्थाका अध्यक्ष हेम बहादुर कार्कीको अध्यक्षता तथा नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष राजेन्द्र मल्लकाे प्रमुख आतिथ्यता रहेको थियो ।

साधारण सभामा संस्थाका अध्यक्ष हेम बहादुर कार्कीले आर्थिक बर्ष २०७९/०८० को बार्षिक प्रतिवेदन सभामा प्रस्तुत गर्दै मुलुकमा आएको आर्थिक मन्दीका बीचमा पनि संस्थाको वित्तीय संरचनालाई मजबुद बनाउँदै अगाडी बढेको बताए । संस्थाले सहकारी मुल्य, मान्यता र सिद्धान्तलाई आत्मसात गर्दै पल्र्स अनुगमन प्रणाली अनुसार वित्तीय कारोवारलाई अगाडी बढाएकाले  आर्थिक मन्दीका बीचमा पनि संस्थाको वित्तीय संन्तुलन कायम गर्न सकेको उनको भनाई थियाे । सदस्यहरुलाई सहज वित्तीय सेवा प्रदान गर्ने उदेश्यले संस्थाले मोबाईल बैकिङ्ग, ई टेलर, मिस्ड कल सेवा, क्यु आर भुक्तानी, फन्ड ट्रान्सफर जस्ता थुप्रै सुविधा प्रयोगमा ल्याएको उनले सभामा बताए ।

आर्थिक वर्ष ०७९/०८० को वित्तीय विवरण अनुसार संस्थाको जगेडा तथा अन्य कोषमा गरी २० करोड ७२ लाख ५५ हजार रहेको छ । अध्यक्ष कार्कीले गत असार मसान्तसम्म शेयर पुँजी  १० करोड १४ लाख ५० हजार ,बचत संकलन १ अर्व ११ करोड ९० लाख ७० हजार , ऋण लगानी १ अर्व ६६ करोड २४ लाख ५३ हजार र बाह्य ऋण ३७ करोड २३ लाख ७६ हजार रहेको जानकारी दिए ।

२ करोड ७६ लाख ३७ हजार ७८२ रुपैयाँ कर अघिको नाफा रहेको संस्थाको कूल सम्पति १ अर्व ९२ करोड ८१ लख २३ हजार ७२० रुपैंयाँ रहेको अध्यक्ष कार्कीले बताए । संस्थाको जोखिम कोषमा ९ करोड ३१ लाख ५६ हजार रहेको छ । संस्थाले गत आ.ब.मा १ करोड ५१ लाख १४ हजार रुपैंयाँ सरकारलाई राजश्व तिरेको पनि सभामा जानकारी दिए ।

५ हजार ८५५ सदस्य रहेको संस्थाको काठमाडौंमा मैतिदेवी र काँडाघारीमा सेवा केन्द्र रहेको छ । त्यसैगरी संस्थाले ओसज आयुर्वेदिक हस्पिटल र हिमाल डेन्टल हस्पिटलसँगको सहकार्यमा सदस्यलाई स्वास्थ्य सेवामा २५ प्रतिशत छुट पाउने ब्यवस्था मिलाएको जानकारी दिए । संस्थाले यसै वर्षमा रक्तदान, विज्ञ सदस्य सम्मान, जेष्ठ सदस्य सम्मान तथा निःशुल्क स्वास्थ्य परिक्षण जस्ता कार्य गरेको जनाए ।

सभामा संस्थाको लेखा समिति प्रतिवेदन संयोजक मोहनबहादुर बुढाथोकीले प्रस्तुत गरेका थिए । साधारण सभामा जिल्ला सहकारी संघ, राष्ट्रिय सहकारी बैंक, नेफस्कुन र विभिन्न संघ/संस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए ।

अभिलेख

लोकप्रिय