साधारण सभामा संस्थाको अवस्था बुझ्न र प्रतिवेदनमाथि आफ्ना धारणा राख्न आव्हान
मकवानपुर : हेटौडा उपमहानगरपालिकाले सहकारी संघ/संस्थाहरुलाई वार्षिक साधारण सभामा सदस्यलाई यातायात खर्चको नाममा रकम नबाँड्न भनेको छ।
उप-महानगर प्रमुख मिनाकुमारी लामाद्वारा जारी सूचनामा सहकारीहरुले साधारण सभामा लामो लाइन लगाएर यातायात खर्च बाँड्ने गरेको भन्दै उक्त कार्य नगर्न निर्देशन दिइएको छ।
संघसंस्थाहरुको साधारण सभाको उपस्थिति स्वयमसेवक मार्फत ब्यवस्थित गर्न, सहकारीका सदस्यले सभामा उपस्थित सदस्यले कुर्सीमा बसेर अतिथिको धारणा सुन्न र आफ्ना धारणा राख्ने बातावरण बनाउन समेत भनिएको छ।
सभामा सदस्यहरु यातायात खर्च बुझ्नेमा मात्र झुम्मिने, संस्थाको अवस्थाका बारेमा बुझ्न र अतिथिको धारणा पनि सुन्न र संस्थाको प्रतिवेदनमाथि आफ्ना धारणा पनि नराख्ने प्रवृत्ति रहेकाे भन्दै पालिकाले सदस्यको वास्तविक सहभागिता सभामा गराउन सूचनामार्फत आव्हान गरेको छ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
