सेञ्चुरी बहुउद्देश्यीय सहकारी दोस्रो साधारण सभा असोज २७ गते हुने
काठमाडौं : टोखा नगरपालिका-९, गोंगबुमा मुख्य कार्यालय रहेको सेञ्चुरी बहुउद्देश्यीय सहकारी संस्थाले दोस्रो वार्षिक साधारण सभा असाजे २७ गते गर्ने भएको छ । काठमाडौंको ठुलोभ¥याङ स्थित क्वालिटी ब्याङ्केटमा बिहान १० बजे साधाणसभा हुने संस्थाका अध्यक्ष ई. योगेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।
साधारण सभामा सात वटा विषय उपर छलफल गरी पारित गर्ने कार्यतालिका रहेको छ । टोखा नगरपलिकाको सहकारी कार्यविधि ऐन, २०७५ अन्तर्गत २०७८ साल भदौ ४ गते संस्थाको स्थापना भएको थियो ।
संस्थामा हाल ८ सय ५० जना सदस्य आवद्ध छन् । समुदायमा आधारित भई सञ्चालमा रहेको सेञ्चुरी बहुउद्देश्यीय सहकारीको असार मसान्तसम्म १ करोड ८ लाद ७८ हजार रुपैयाँ पुगेको छ । संस्थाको बचतमा २ करोड ३३ लाख ७५ हजार रुपैयाँ रहेको छ । संस्थाले ३ करोड ४ लाख २ हजार रुपैयाँ लगानी गरेको छ । संस्थाले स्थापनाको पहिलो वर्षमै ३ लाख ६३ हजार ५ सय ७२ रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
संस्थाले आर्थिक संकटको बीचमा पनि लोभलाग्दो प्रगती गर्न सफल भएको छ । स्थापनाको छोटो समयमै सदस्यहरुको मन जित्दै सहकारीहरुको भिडमा आफूलाई अब्बल सावित गराएको संस्थाका अध्यक्ष श्रेष्ठले जानकारी दिए । संस्थाले प्रदान गर्ने सेवाका कारण सदस्यहरुको विश्वास संस्थाप्रति बढ्दै गएको संस्थाका अध्यक्ष श्रेष्ठ बताउँछन् ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सगुन साकोसको २७औँ वार्षिक साधारणसभा सम्पन्न, १५ प्रस्ताव सर्वसम्मत पारित
१० आश्विन २०८३, शनिबार
स्वतन्त्र भूतपूर्व सैनिक सहकारीको १६औँ साधारण सभा सम्पन्न, १२.५% लाभांश पारित
१० आश्विन २०८३, शनिबार
समस्याग्रस्त सहकारीको ऋण असुलीबाट १०५ जनालाई बचत फिर्ता
७ आश्विन २०८३, बुधबार