२३ कात्तिक २०८३, सोमबार

पशुपति सहकारीमा फसेको बचत माग दाबी गर्न सूचना जारी

२०८० असोज ११, बिहिबार
पशुपति सहकारीमा फसेको बचत माग दाबी गर्न सूचना जारी

काठमाडौं : पशुपति सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभमा फसेको बचत रकम फिर्ता गराउन सरकारले पहल सुरु गरेको छ ।

सहकारी व्यवस्थापन समितिको कार्यालयले सूचना जारी गर्दै पशुपति सहकारीमा फसेको बचत रकम ३५ दिनभित्र माग दाबी गर्न अनुरोध गरेको छ । उक्त संस्थामा राखेको बचत/निक्षेप फिर्ता पाउनको लागि बचतकर्ताले अनलाईनमार्फत माग दाबी आवेदन दिनुपर्ने हुन्छ ।

समितिको वेबसाइट www.coopme.gov.np मा गई माग दाबी आवेदन दिनुपर्ने कार्यालयले जनाएको छ । नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २०८० साउन १ गते पशुपतिलाई समस्याग्रस्त घोषणा गरेको थियो ।

अभिलेख

लोकप्रिय