अखण्ड साकोसको १५औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं : कलंकी स्थित अखण्ड बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १५औं वार्षिक साधारण सभा शनिबार सम्पन्न गरेको छ । सभाको उद्घाटन गर्दै बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले सहकारीहरु नाफाका लागि सदस्य अन्तरनिहित कार्य गर्नु पर्ने बताए । त्यस्तै उनले सहकारी संस्थाले सुरक्षित लगानीका क्षेत्र विस्तार गर्नुपर्ने बताए ।
साधारण सभाको अवसर पारेर संस्थाले उत्कृष्ट बचत कर्ता, बाल बचतकर्ता, ज्येष्ठ नागरिक बचतकर्ता, संस्था स्थापना कालदेखिनै योगदान दिने बिशिष्ट व्यक्तीहरुलाई सम्मान गरेको छ । त्यस्तै दुई विपन्न विपन्न विद्यार्थीलाई छात्रबृती र कलंकी मन्दिर परिसर सरसफाइ तथा डस्टबिन वितरण कार्यक्रमको समेत संस्थाले घोषणा गरेको छ ।
सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै व्यवस्थापक लक्मी प्रसाद सेढाईले आर्थिक मन्दी लगायत अफ्टेरो परिस्थितिलाई छिचोल्दै संस्थाले आफ्नो सन्तुलन कायम गर्दै आएको र बजारमा निक्षेपको चरम अभाव हुँदा पनि ऋण प्रवाह गर्दै आएको बताए ।
कार्यक्रममा काठमाडौं महामगरपालिका सहकारी विभागीय निर्देशक बलराम त्रीपाठी, बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेड (प्रोस्कुन)का सचिव गोविन्द काफ्ले, स्थिरिकरण कोषका विभागिय प्रमुख दुर्गा ढकाल, बिभागिय प्रमुख (कृषि बिकास बैंक) निनिराज पोखरेल, धदिङ मण्डली साकोसका अध्यष अर्जुन भट्ट लगायतको उपस्थिती रहेको थियो ।
संस्थाका अध्यक्ष दामोदर लम्सालले संस्थाले सुशासन र स्वाबलम्बनलाई जोड दिँदै आएको र भोलिको दिनमा सदस्यहरुलाई आत्मनिर्भरको अवस्थामा पुर्याउने प्रयास गर्ने प्रतिबद्ता जनाए ।
बिधुतिय माध्यमबाट समेत बिभिन्न विल तथा युटिलिटी भुक्तानि गर्दै आएको संस्थाले ३ हजार ४ सय ८५ सेयर सदस्यहरुबाट ४ करोड ७९ लाख ४९ हजार ८ सय सेयर पुँजी संकलन गरेको छ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
