२३ कात्तिक २०८३, सोमबार

ज्योतिपुञ्ज साकोसको लुभू सेवा केन्द्रको साधारण सभा सम्पन्न

२०८० असोज ३, बुधबार
ज्योतिपुञ्ज साकोसको लुभू सेवा केन्द्रको साधारण सभा सम्पन्न

काठमाडौं : ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्थाको लुभू सेवा केन्द्रको साधारण सभा आज सम्पन्न भएको छ । एकाइगत साधारण सभा आयोजना गरेको संस्थाले आज तेस्रो एकाइको सभा सम्पन्न गरेको हो। १३औं वार्षिक साधारण सभा संस्थाका उपाध्यक्ष रामेश्वर थापाको अध्यक्षतामा सम्पन्न गरेको हो ।

साधारण सभामा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का पूर्व अध्यक्ष ऋषिराज घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो । साधारण सभामा शुभकामना मन्तव्य राख्दै घिमिरेले ज्योतिपुञ्ज साकोसले सदस्यहरूका लागि सञ्चालन गरेका सबै कार्यक्रमहरू, संस्थाको संस्थागत पूँजी लगायतको प्रसंशा गरेका थिए । घिमिरेले  नियमित बचत तथा विविध प्रकारका स–साना बचत योजनाको महत्वलाई प्रकाश पार्दै संस्थाले यस प्रकारका बचतलाई अझ जोड दिन सुझाव दिएका थिए ।

त्यस्तै विशिष्ठ अतिथि राम बहादुर श्रेष्ठले अहिलेको अवस्थामा पनि संस्थाले समय मै साधारण सभा सम्पन्न गरेको, सदस्यहरूका लागि प्रोत्साहन तथा सम्मानका विभिन्न कार्यक्रम गरेकोमा खुसी व्यक्त गरेका थिए । त्यस्तै विशिष्ट अतिथि तथा संस्थाका प्रमुख सल्लाहकार डा। नीरज नारायण जोशीले सदस्यहरूका सल्लाह, सुझावहरूलाई प्राथमिकतामा राखी अघि बढेका कारण नै संस्थाले निरन्तरको सफलता हासिल गर्न सकेको धारणा राखेका थिए ।
साधारणसभामा संस्थाका गतिविधि बारेमा प्रमुख कार्यकारी अधिकृतले प्रस्तुति राखेका थिए । संस्थालाई विशेष योगदान पुर्याउने सदस्यहरूलाई साधारणसभाको अवसरमा सम्मान गरिएको थियो ।
आ.व. ०७९/८० को अन्त्य सम्ममा संस्थामा ३ हजार ८ सय १२ जना शेयर सदस्य र ५ सय १४ जना बाल बचतकर्ता छन् । आ.व. ०७९/८० को अन्त्य सम्ममा ८ कराेड ८ ५ लाख २० हजार ६ सय सेयर पुँजी रहेकाे छ । त्यस्तै ८६ कराेड ८ लनख ७८ हजनर १ सय ९० रुपैयाँ बचत, १ अर्ब २ कराेड २९ लाख ८५ हजनर २ सय १२ रुपैयाँ लगानी रहेकाे छ।सहकारी संस्थाको जगेडा कोष, घाटापूर्ति कोष र ऋण जोखिम व्यवस्थापन कोषमा ११ कराेड ७० लाख ७५ हजार ३ सय ३५ रुपैयाँ रहेकाे छ। १ अर्ब ३४ कराेड ५५ लाख ९७ हजार ६२ रुपैयाँ कुल सम्पत्ति रहेकाे सँँग २४.५० प्रतिशत तरलता रहेकाे छ।संस्थाले २३ कराेड ११ लाख २१ हजार ६ सय २९ रुपैयाँ कुल आम्दानी गरेकाे छ भने २१ कराेड ३० लाख ५३ हजनर ७ सय ५० रुपैयाँ खर्च गरी १ कराेड ८० लाख ६७ हजार ८ सय ७८ रुपैयाँ नाफा गरेकाे छ।संस्थाकाे लूभू सेवा केन्द्र अन्तर्गत असाेज ३  (एकाइ-३) र मुख्य कार्यालय अन्तर्गत असाेज ६ गते ( एकाइ-४) साधारणसभा हुने संस्थाले जनाएकाे छ।

अभिलेख

लोकप्रिय