महासंघका महाप्रबन्धक सुब्बालाई मेची सहकारीको सम्मान
झापा : राष्ट्रिय सहकारी महासंघको महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बालाई झापाको मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले स्व.गणेशप्रसाद बस्नेत सहकारी अभियन्ता पुरस्कारबाट सम्मान गरेको छ ।
मेची बहुउद्देश्यीय सहकारी संस्था लि.ले आफ्नो २७ औं बार्षिकोत्सव तथा २९ औं साधारणसभाको अवसरमा मंगलबार महाप्रबन्धक सुब्बालाई ३४ हजार ६ सय ६६ रुपैयाँ राशी रहेको सो पुरस्कारबाट पुरस्कृत गरेको हो । पूर्व अर्थमन्त्री तथा पूर्व गभर्नर डा. युवराज खतिवडाले सुब्बालाई सम्मान गर्दै पुरस्कार प्रदान गरेका थिए ।
नेपालको सहकारी अभियानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको र सहकारी अभियन्ताहरुलाई सहकारी क्षेत्रमा लाग्न अभिप्रेरित गर्र्नेे उद्देश्यले सहकारीमा २५ बर्ष भोगाई र अनुभुति नामक पुस्तक तथा सहकारी सम्बन्धी विभिन्न लेख, रचनासमेत प्रकाशन गरी सहकारी क्षेत्रलाई अभिभावकत्व प्रदान गरेकाले संस्थाले सुब्बालाई सम्मान गरेको संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले बताए ।
पाँचथर जिल्ला याङनामकी सुब्बा २०५३ सालमा राष्ट्रिय सहकारी महासंघमा लेखापालको रुपमा प्रवेश गरेसँगै सहकारी अभियानमा जोडिएकी हुन् । त्यसपछि उनी निरन्तर रुपमा सहकारी अभियानमा सक्रिय रहेकी छन् ।
उनी जापान, सिंगापुर, थाइल्यान्ड, बेलायत, जर्मनी, अमेरिका, इटाली, ब्राजिल, बेल्जियम, फ्रान्सलगायत १९ वटा मुलुकहरुमा आयोजना भएका सहकारीसम्बन्धी तालिम तथा गोष्ठीहरुमा सहभागी भएकी छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
