आईडियल सहकारी मधेश प्रदेशकै उत्कृष्ट
सप्तरी : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को ३६औं स्थापना दिवसको अवसरमा राजविराजको आइडियल सहकारी संस्था लिमिटेडलाई मधेश प्रदेशबाट उत्कृष्ट सहकारी संस्थाको रुपमा चयन गरेको छ ।
आर्थिक बर्ष २०७९/०८० मा उत्कृष्ट कार्य गरेवापत विभिन्न संघ/संस्था एवम् ब्यक्तिहलाई नेफ्स्कूनले विहीबार काठमाडौंमा एक कार्यक्रमबीच सम्मान तथा पुरस्कारको घोषणा गरेको हो । स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा नेफ्स्कूनका निवर्तमान अध्यक्ष, पुरस्कार तथा सम्मान उपसमितिका संयोजक डी.बी. बस्नेतले आईडियल सहकारीलाई मधेश प्रदेशकै उत्कृष्ट सहकारी संस्थाको रुपमा चयन गरिएको घोषणा गरेका हुन् ।
असार महिनाको अपरिष्कृत वित्तीय विवरण अनुसार संस्थाको कुल सम्पत्ती १ अर्ब २० करोड ३९ लाख रुपैयाँ रहेको छ । संस्थामा १४ हजार ४ सय २५ जना सदस्य रहेका छन् ।
संस्थाको सेयर पुँजी ११ करोड ३० लाख ४ सय रुपैयाँ, साधारण जगेडा कोषमा १० करोड ५८ लाख रुपैयाँ, अन्य कोषहरु ३ करोड ५६ लाख, कुल संस्थागत पुँजी ११ करोड ७ लाख, कुल बचत ८५ करोड ९० लाख, ऋण लगानी ८१ करोड ३६ लाख र तरलता रकम २२ करोड ६९ लाख (२६.४२ प्रतिशत) रहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
