स्थापनाको ३६औं वर्षमा नेफ्स्कून
काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) आजबाट ३६औं वर्ष प्रवेश गरेको छ । सहकारी अभियानका २१ अग्रजहरुको सामूहिक प्रयासबाट २०५० साल भदौं २९ गते सहकारी विभागमा नेफ्स्कूनको दर्ता भएको थियो ।
विश्व सहकारी इतिहास भन्दा १ सय १७९ वर्ष तथा नेपालको सहकारी इतिहासभन्दा ३२ वर्षपछि नेफ्स्कूनको स्थापना भएको थियो । २९ सय ५० रुपैयाँबाट सुरु भएको नेफ्स्कून नेतृत्वको बचत अभियान हाल ७६ जिल्लासम्म फैलिएको छ ।
नेफ्स्कूनमा ४५७२ प्रारम्भिक सहकारी आवद्ध छन् । त्यस्तै ३ प्रदेश बचत तथा ऋण सहकारी संघ, ६५ जिल्ला बचत संघ आवद्ध छन् । नेफ्स्कूनको कुल वासलात २६ अर्ब रुपैयाँ रहेको छ ।
नेफस्कुनकै कारण नेपालको बचत तथा ऋण सहकारी अभियानले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा छुट्टै पहिचान बनाउन सफल भएको छ । नेपालको बचत तथा ऋण सहकारी अभियानलाइ सबल बनाउन नेफ्स्कून निरन्तर लागि परेको छ ।
स्तरीकरण कार्यक्रमको माध्यमबाट संस्थाहरुलाई सबल र सुरक्षित बनाउन नेफ्स्कूनले एकसेस, प्रोबेशन र कब्र्स कार्यक्रम सञ्चालन गर्दै आएको छ । ती कार्यक्रममा आवद्ध भएर सयौं संस्थाले वित्तीय बजारमा आफनो छविलाइ बलियो बनाउन सकेका छन् । त्यसका साथै बचत तथा सहकारीको जोखिम व्यवस्थापनका लागि सुरक्षा कवजको रुपमा नेफ्स्कूनले स्थिरीकरण कोष सञ्चालनमा ल्याएको छ । उक्त कोषको माध्यमबाट कुनै पनि बचत ऋण सहकारीमा वित्तीय समस्या आयो भने सुरक्षा कवजको रुपमा त्यसले काम गर्ने छ र संस्थाहरुलाइ दुर्घटनामा पर्नबाट जोगाउने छ ।
संघले नेपालको वित्तीय सहकारी अभियानको प्रवद्र्धन,विकास,व्यवसायीकरण,गुणस्तर सुनिश्चितताका साथै सञ्जाल व्यवस्थापनमा उल्लेख भूमिका खेल्दै आएको छ । संघले यस पटक‘एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि’ भन्ने मुल नारा अघि सारेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
