२३ कात्तिक २०८३, सोमबार

भविष्यका लागि सञ्चालक तयार गर्दै मिलिजुली कालिञ्चाेक

२०८० साउन २०, शनिवार
भविष्यका लागि सञ्चालक तयार गर्दै मिलिजुली कालिञ्चाेक

दाेलखा : मिलिजुली कालिञ्चाेक बचत तथा ऋण सहकारी संस्थाले भविष्यका सञ्चालकहरुको क्षमता बिकासको लागि दुई दिवसिय तालिम सम्पन्न गरेको छ । तालिम चरिकोट स्थित संगम हाेटलमा १९ र २० गते सञ्चालन गरिएकाे थियाे ।

तालिमकाे उद्घाटन संस्थाकी उपाध्यक्ष सरुणा बस्नेत (श्रेष्ठ) को अध्यक्षता तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) का सञ्चालक सदस्य एवं बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. (बागमती प्रोस्कून) का महासचिव जिवस राज खड्काको प्रमुख आतित्थ्यतामा भएको थियो ।

उद्घाटन सत्रमा उपस्थित सम्पूर्णलाई संस्थाका सचिव ठाकुर प्रसाद पाठकले स्वागत गर्दै तालिमको उद्देश्य बारे स्पष्ट पारेका थिए । कार्यक्रममा प्रमुख अतिथि र बिशिष्ट अतिथि एवं संस्थापक अध्यक्ष रामदास श्रेष्ठले शुभकामना मन्तब्य राखेका थिए ।

शुभकामना मन्तब्यको क्रममा संस्थापक अध्यक्ष श्रेष्ठले संस्था स्थापनाकाे स्मरण गरेका थिए भने प्रमुख अतिथिले खड्काले नीति, बिधि र प्रविधिलाई आत्मसाथ गर्दै नेपालको साथै एशिया स्तरमा पहिचान बनाउन सफल संस्थाको थप सफलताको लागि र भावी समयमा तालिममा सहभागिहरुको प्रभावकारी नेतृत्वको लागि शुभकामना ब्यक्त गरेेका थिए ।

तालिममा अठार जना शेयर सदस्यहरुले सक्रिय रुपमा भाग लिएका थिए । दुई दिवसिय तालिम समापन कार्यक्रम संस्थाको अध्यक्ष नारायण बहादुर श्रेष्ठको अध्यक्षता तथा भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वर नारायण मानन्धरको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको छ । तालिममा सहभागिहरुलाई प्रमाणपत्र बितरण गर्दै सहभागिहरुले यस प्रमाणपत्रलाई प्रभावकारी बनाउन सिकेको कुरालाई ब्यबहारमा उतार्न प्रमुख अतिथिले शुभकामना ब्यक्त गरेका थिए ।

तालिमको सहजिकरण नेफ्स्कूनका तालिम अधिकृत कोमलराज अधिकारीले गरेका थिए । तालिमको उद्घाटन तथा समापन समारोहमा संस्थाको सञ्चालक समिति तथा सिनियर कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

ईन्टरनेसनल कोअपरेटिभ एलाईन्स् (आई.सि.ए.) को सन् २०१३ मा प्रकाशित ब्लुप्रीन्ट फर अ कोअपरेटीभ डिकेड भन्ने दशक खाकामा सहकारीका भावि नेतृत्वलाई पुर्व तालिम आवश्यक पर्दछ भन्ने बिषय उल्लेख छ। बचत तथा ऋण सहकारी संस्थाहरुको नेपालको छाता संघ नेफ्स्कूनले भावी नेतृत्वको लागि फिट एण्ड प्रपर टेष्टको अवधारणालाई प्राथमिकतामा राखेको बिषयलाई आधार मान्दै संस्थाले २०७३ सालदेखि यस तालिमलाई विनियममै ब्यवस्था गर्दै निरन्तरता दिईरहेको छ ।

हालसम्म संस्थाले यस प्रकारको तालिम पाँच पटक आयोजना गरको छ भने एक सय उनान्चालीस जना शेयर सदस्यहरुलाई यो तालिम प्रदान गरिसकेको छ । संस्थाले यो तालिमको लागि प्रत्येक वर्ष आवेदन फाराम लिई प्रत्येक दुई वर्षमा तालिम दिने गरी संस्थाको पुनर्लिखित बिनियम २०७९ मा व्यवस्था गरेको छ ।

अभिलेख

लोकप्रिय