यी हुन् बागमती प्रोस्कूनबाट सम्मान तथा पुरस्कार पाउने व्यक्ती र सहकारी
काठमाडौं : बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून)ले तेस्रो स्थापना दिवस मनाएको छ । संघका अध्यक्ष उद्धव सापकोटाको अध्यक्षता र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोर्कणमणी दुवाडीको प्रमुख अतिथ्यतामा स्थापना दिवस मनाएको हो ।
संघले हरेक वर्ष स्थापना दिवसको अवसरमा सम्मान तथा पुरस्कारको घोषणा गर्दै आएको छ । आज घोषणा गरिएको सम्मान तथा पुरस्कार आगमी साधारण सभामा प्रदान गर्ने गर्दछ ।
संघले यस वर्ष उत्कृष्ट सहकारी अभियान्तको सम्मान राष्ट्रिय सहकारी महासंघका सञ्चालक डिबी बस्नेतलाई प्रदान गर्ने घोषणा गरेको छ । त्यस्तै उत्कृष्ट जिल्ला बचत संघमा मकवानपुर र उत्कृष्ट बचत तथा ऋण सहकारी संस्थामा बिन्दबासिनी साकोस बनेपा छनोट भएका छन् ।
त्यस्तै उत्कृष्ट बचत तथा ऋण सहकारी संस्था (महिला)मा सज्जन महिला साकोस, काठमाडौं छनोट भएको छ । त्यस्तै सहकारी सञ्चारकर्मी सम्मान खिलानाथ दाहाललाई प्रदान गर्ने निर्णय गरेको छ । प्रदेश उत्कृष्ट व्यवस्थापक, कुमार खत्री कल्याणकारी साकोस ललितपुर, उत्कृष्ट कर्मचारी सामुमैया दाहाल (बञ्जरा), उत्कृष्ट पदाधिकारी एवम् सञ्चालक सम्मान (सदस्य संघ/संस्था) भूमिराज खड्का छनोट भएको छ । खड्का एकीकृत फ्रेण्डसिप साकोस र बचत तथा ऋण सहकारी संघ दोलखाका अध्यक्ष हुन् ।
त्यस्तै उत्कृष्ट सेवा उपयोग सम्मान मनकामना साकोस काभ्रे, उत्कृष्ट लगानीकर्ता सम्मान जनमुखी साकोस दोलखा र उत्कृष्ट बचतकर्ता सम्मान भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ छनोट भएका छन् ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
