विकू बचतका सदस्यलाई नारायणी सामुदायिक अस्पतालमा विशेष छुट
गैंडाकोट : विकू बचत तथा ऋण सहकारी संस्थाका सदस्यले नारायणी सामूदायिक अस्पताल, चितवनमा विशेष उपचार छुट पाउने भएका छन् । अस्पताल र विकू साकोसबिच सदस्यले स्वास्थ्य उपचारमा छुट पाउने सम्झौता भएको गरेको छ ।
अब विकू सहकारीका सेयर सदस्यले नारायणी सामुदायिक अस्पतालको स्वास्थ्य उपचारमा १७ प्रतिशत छुट पाउने संस्थाले जनाएको छ । विकू बचतको सदस्य भएको परिचय खुल्ने पासबुक, एटिएम, चेक बुक, विकू स्मार्ट बैकिङ एप्लीकेशनका आधारमा सो छुट सेवा पाउन सक्ने जनाइएको छ ।
त्यसै गरी सामान्य शैया, ल्याव परीक्षण, एक्सरे एवं भिडियो एक्सरे, ईसिजिमा र अन्य विशेष सेवाहरु जस्तै क्याबिन, आईसियु तथा आईसियु भेन्टिलेटर, अपरेशन, ईको, ईन्डोस्कोपीमा १७ प्रतिशत छुट प्राप्त गर्नेछन् । साथै आवश्यकता को आधार र समय समयमा सदस्य, सदस्यका परिवार र समुदायका न्यून आय तथा असाहाय व्यक्तिको स्वास्थ्य चेक चाँज तथा परार्मश सेवा प्रदान गरिने अस्पतालले जनाएको छ ।
नारायणी सामुदायिक अस्पताल भरतपुर १०, चौविसकोटी अस्पताल रोडमा रहेको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
