२३ कात्तिक २०८३, सोमबार

आगन्तुक साकोसका अध्यक्ष राजु घर्ती १२ लाख धरौटीमा रिहा

२०८० साउन १२, शुक्रबार
आगन्तुक साकोसका अध्यक्ष राजु घर्ती १२ लाख धरौटीमा रिहा

रुपन्देही : बुटवलस्थित आगन्तुक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजु घर्ती धरौटीमा रिहा भएका छन् । अध्यक्ष घर्तीलाई जिल्ला अदालत रूपन्देहीले मंगलबार १२ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको थियो ।

त्यस्तै संस्थाका बजार प्रमुख सुरज ज्ञवालीलाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ। न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले उनीहरूलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

बचतकर्ताको करोडौं रकम अपचलन गरेको आरोपमा प्रहरीले घर्तीलाई पक्राउ परेको थियो । घर्तीविरुद्ध ३३५ जना बचतकर्ताले रकम फिर्ताको माग गर्दै जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा जाहेरी दर्ता गराएका थिए । बुटवल र भैरहवाका बचतकर्ताबाट ४ करोड ३६ लाख ६० हजार ४१९ रूपैयाँ फिर्ताको माग गर्दै उजुरी परेको थियो ।

अभिलेख

लोकप्रिय