आईडियल सहकारीमा २६.४२ प्रतिशत तरलता, कुल सम्पत्ती १ अर्ब २० करोड
सप्तरी : राजविराज-४, सप्तरी स्थित आईडियल सहकारी संस्थाले असार महिनाको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार संस्थासँग लगानी योग्य रकम (तरलता) २६.४२ प्रतिशत रहेको छ ।
संस्थामा १४ हजार ४ सय २५ जनाको ११ करोड ३० लाख ४ सय रुपैयाँ सेयर रकम रहेको छ । विवरण अनुसार संस्थाको साधारण जगेडा कोषमा १० करोड ५८ लाख रुपैयाँ रहेको छ । त्यस्तै अन्य कोषहरुमा ३ करोड ५६ लाख, कुल संस्थागत पुँजी ११ करोड ७ लाख, कुल बचत ८५ करोड ९० लाख, ऋण लगानी ८१ करोड ३६ लाख, तरलता रकम २२ करोड ६९ लाख र कुल सम्पत्ती १ अर्ब २० करोड ३९ लाख रुपैयाँ रहेको प्रकाशित विवरणमा उल्लेख छ । संस्थाबाट १ हजार २ सय ८१ जनाले ऋण लिएका छन् ।
संस्थाको सप्तरी स्थित हनुमाननगर बजारमा समेत सेवा केन्द्र रहेको छ ।
आर्थिक संकटको बीचमा पनि संस्थाले उल्लेख्य प्रगति गरेको छ । सदस्यहरुको साथ र विश्वासका कारण वित्तीय विवरण बलियो हुँदै गएको संस्थाका अध्यक्ष गणेश कुमार आश बताउँछन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
