रहेनन् पोखरा रोयल बचतको संस्थापक अध्यक्ष गुरुङ्ग
कास्की : पोखरा रोयल बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष मेजर तुलसीप्रसाद गुरुङ्गको ८४ वर्षको उमेरमा निधन भएको छ । केही महिनादेखि अस्वस्थ रहेका गुरुङ्गको उपचारको क्रममा देल्ली हार्ट एण्ड लङ्गस इन्स्टिच्यूटमा शनिबार साँझ निधन भएको हो ।
गुरुङ्गले करिब २० वर्षसम्म अध्यक्षको नेतृत्वदायी भूमिकामा रही सहकारीको विकासमा अतुलनीय योगदान दिएका थिए । गुरुङ्गकै नेतृत्वमा वि.स. २०५९ साल जेठ ८ गते २८ जना स्थानीयहरु मिलेर पोखरा रोयल सहकारीको स्थापना गरेका थिए ।
वि.सं. १९९६ साल मंसिर ४ गते कास्कीको मिजुरेडाँडामा जन्मिका गुरुङ्ग पोखरा महानगरपालिका वडा नं. १२ अन्नपूर्णटोलका स्थायी बासिन्दा थिए । भारतीय सेनामा २७ वर्षसम्म सेवा गरेका गुरुङ्ग सुबेदार मेजर अनेरेरी क्याप्टेनबाट सेवानिवृत्त भएका थिए । आर्मीबाट सेवानिवृत्त हुने वित्तिकै नले वि.स. २०४९ देखि २०५४ सम्म मिजुरेडाँडा गा.वि.स.को जननिर्वाचित अध्यक्ष भएर समेत काम गरेका थिए ।
यस अवधिमा उनले नेपाल भूपू सैनिक संघको केन्द्रिय उपाध्यक्ष तथा कास्की जिल्ला अध्यक्ष, अमरसिंह मा.वि.को अध्यक्ष, पोखरा जापान बेसवल टिमका अध्यक्ष, लम चुँ प्रतिस्ठानको क्षेत्रीय अध्यक्ष, अन्नपूर्ण टोल समाज पोखराको अध्यक्ष, पाखुरीकोट गुरुङ्ग समाज पोखराका अध्यक्ष, राष्ट्रिय सहकारी बैक लि. पोखरा शाखाका संयोजक, रोयल फाउण्डेसनका वर्तमान अध्यक्ष समेत थिए ।
स्वर्गीय गुरुङ्गको श्रीमती शान्ति गुरुङ्ग, २ छोरा, २ छोरी र ७ जना नाता नातिना रहेका छन् । पारिवारिक स्रोतका अनुसार स्वर्गीय गुरुङ्गको २०८० साउन ११ गते विहीबार धार्मिक परम्परा अनुसार पोखरा १० अन्न्पूर्णटोल स्थित घरबाट शव यात्रा सहित रामघाटमा अन्त्येष्टि गर्ने कार्यक्रम रहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
